यात्राप्रतिबन्ध लगाउने ट्रम्पको नयाँ आदेश कार्यान्वयनमा पनि अदालती रोक


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने गरी जारी गरेको कार्याकारी आदेश लागु हुनुभन्दा अगाडि नै कार्यान्वयनमा रोक लगाइएको छ ।

विहिबारदेखि लागु हुनेगरी ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशको कार्यान्वयनमा हवाईका संघीय न्यायाधिसले रोक लगाएका हुन् ।

युएस डिस्ट्रिक्ट कोर्टकय न्यायाधिस डेरिक वाट्सनको निर्णयले ट्रम्पको कार्याकारी आदेश कम्तीमा तत्कालका लागि कार्यान्वयनमा रोक लागेको हो ।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो सुचीबाट इराकलाई हटाउँदै यात्रा प्रतिबन्ध लगाउने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

नयाँ कार्यकारी आदेशले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म अमेरिकी भिसामा प्रतिबन्ध लगाउने जनाइएको थियो । यसअघि अदालतले कार्यान्वयनमा रोक लगाएको कार्यकारी आदेशमा इराक समेत भिसा प्रतिबन्ध लगाइएको मुलुकमा थियो ।

नयाँ कार्यकारी आदेश अनुशार अमेरिकाको शरणार्थी कार्यक्रम १२० दिनका लागि खारेज गरिने र बर्षमा ५० हजार भन्दा धेरै शरणार्थी स्वीकार नगर्नेगरी सिमाबन्दी तोकिएको थियो । यसअगाडि ओबामा प्रशासनले १ लाख १० हजारको सिमाबन्दी तोकेको थियो ।

ट्रम्पको नयाँ कार्यकारी आदेश पूर्वीय समय अनुशार मार्च १५ को मध्यरातपछि मार्च १६ सुरु हुनासाथ लागु हुने बताइएपनि अब भने तत्कालका लागि लागु नहुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com