मेक्सिकोमा भेटियो २५० जनाभन्दा धेरैको सामुहिक चिहान


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् ।

सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो । मारिनेहरु को हुन् भनेर पहिचान गर्न निकै कठिन भएपनि अधिकारीहरुले अस्थीपञ्जहरु हराइरहेका व्यक्तिका सुचनाहरुसँग म्याच गराइरहेका छन् ।

लागु औषधको कारोबारका क्रममा मेक्सिकोमा कैयनको ज्यान जाने गरेको छ भने मेक्सिकोबाट गैरकानुनीरुपमा अमेरिका छिराउने क्रममा पनि जंगलहरुमा दलालहरुले सामुहिक हत्या गर्ने गरेका छन् ।

सडकआसपासमा मेक्सिकोमा कैयन सामुहिक चिहानहरु भेटिने गरेका छन् । मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका छिराउने क्रममा बीचमा अप्ठ्यारो अवस्था आएमा दलालहरुले उनीहरुको हत्या समेत गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com