नेपाल पोर्चुगल चेम्बर अफ कमर्सको प्रतिनिधिमा नियुक्त गौतमलाई अभिनन्दन


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

-हरिकृष्ण पन्थी

नयाँ शक्ति पार्टी नेपालका प्रवास समिति अन्तरगत अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलका बरिष्ठ सल्लाहकार शम्भु गौतम नेपाल पोर्चुगल चेम्बर अफ कमर्सको प्रतिनिधिमा नियुक्त हुनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलले नेपाल पोर्चुगल चेम्बर अफ कमर्सको प्रतिनिधिमा नियुक्त गौतमलाई एक कार्यक्रमकाबीच अभिनन्दन गर्दै बधाई दिएको छ । साथै उहाँको कार्यकालको सफलताको समेत कामना गरिएको छ ।

कार्यक्रम पोर्चुगलको लिस्बोनमा गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com