पोर्चुगलमा नेपाली गजल प्रतियोगिता हुने


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

– वाईवी तमू

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल द्वारा नेपाली नयाँ वर्षको अवसर पारेर अन्तराष्ट्रिय नेपाली भाषी गजल प्रतियोगिता गर्ने भएको छ ।

प्रवासमा बसेर पनि नेपाली भाषा तथा साहित्यलाई आत्मसाथ तथा जगेर्ना गर्ने उद्देश्य अनुरुप नयाँ साहित्यकार तथा गजलकारहरुलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक आयोजना गरिएको उक्त गजल प्रतियोगिताका लागि संसार भर रहेका नेपाली भाषी साहित्यकार तथा अगजलाकारहरुलाई प्रतियोगितामा भाग लिन अनेसास,पोर्चुगलले सार्वजनिक सुचना जाहेर गरेको कुरा अनेसास,पोर्चुगलले जानकारी गराएको छ ।

अनेसास,पोर्चुगल द्वारा जारि गरिएको सरजनिक सुचना अनुसार आगामी ३१ मार्च २०१७ अथवा १८ चैत्र २०७४ भित्र इच्छुक सहभागीहरुले आफ्नो रचना आयोजकलाई पठाइसक्नु पर्ने छ यसरी प्राप्त रचनाको छनोट प्रक्रिया दुई चरणमा गरिने छ ।

पहिलो चरणमा प्राप्त गजलहरु मध्ये बाट पहिलो उत्कृस्ट १० गजल फाईनलका लागि छनोट गरि पहिलो,दोस्रो र तेस्रो छनोट गरिने छ भने पहिलो पुरस्कार नगद २० हजार रुपैया तथा प्रमाण पत्र,दोस्रो पुरस्कार १० हजार रुपैया तथा प्रमाण पत्र र तेस्रो पुरस्कार ५ हजार रुपैया तथा पुरस्कार साथै उत्कृष्ट १० गजलहरुलाई प्रमाण पत्रको ब्यबस्था गरेको कुरा आयोजक अनेसास,पोर्चुगलले जानकारी गराएको छ ।

इच्छुक प्रतियोगीले यो इमेल [email protected] ठेगानामा आफ्नो रचना पठाउन सक्ने छन् भने अनेसास,पोर्चुगलको फेसबुक पेज Facebook Page (Inbox) Inls Portugal मार्फत पनि रचना पठाउन सकिने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com