अमेरिकामा कुनै लेखरचना, साहित्य, पुस्तक वा कागजात अँग्रेजीमा प्रोफेशनल अनुवाद गर्नुपरेमा वा लेख्नुपरेमा सम्पर्क गर्नुहोला । professionallytranslate@gmail.com

हाम्रो नेपाल, राम्रो नेपाल

नेपालमा चाउचाउ भित्र्याउने आचार्यको ‘चाउचाउ’ संघर्ष

खसोखास/काठमाडौँ ‘आरएआरए रारा मिठो भन्छन् सारा’ यो विज्ञापन रेडियो नेपालबाट नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो रारा चाउचाउ सार्ककै पहिलो चाउचाउ हो । ०३९ सालमा  गण्डकी नुडल्स प्रा.लि द्धारा उत्पादिन रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगका बस्तीहरुमा उत्तिकै रहको संस्थापक प्रवन्ध निर्देशक कृष्ण आचार्य बताउँछन् । यो उद्योगमा २५ …

वाह ! कालिञ्चोक

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । …

बर्षकै सबैभन्दा ठूलो हरिबोधनी एकादशीमा बुढानिलकण्ठ दर्शन (२२ तस्विर)

आज हरिबोधनी अर्थात ठूलो एकादशी। हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ। घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको …

सुन्दर स्वप्न बगैचा

  काठमाडौंको ठमेल परिसरमा रहेको स्वप्न बगैचामा पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले क्यामेरामा कैद गरेका केही तस्विरहरु ।  स्वप्न बगैंचा काठमाडौंको पर्यटकीय स्थल “ठमेल” को प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले ‘सपनाको स्वर्ग’ भन्ने गरेका …

मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति बढ्दो आकर्षण

 किशोर पन्थी (तस्विर : सुधन पन्थी) हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा हिन्दुमन्दिरको नजिकै स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति दर्शनार्थीहरुको आकर्षण बढ्न थालेको छ । औपचारिक रुपमा बुद्धमूर्तिको स्थापना गर्न बाँकी नै रहेपनि मुक्तिनाथ पुगेका दर्शनार्थी र पर्यटकहरुलाई यो बुद्धमूर्तिले आकर्षित गर्न थालेको छ । बुद्धमूर्ति अगाडि पुगेर तस्विर खिचाउने …

पुननिर्माणपछि यस्तो बन्यो भूकम्पबाट भत्किएको बौद्धनाथ

– निश्चल अमात्य  भूकम्पबाट भत्किएको बौद्धनाथ स्तूपाको पुननिर्माण कार्य सम्पन्न भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजन, पुरातत्व विभागको प्राविधिक सहयोग, विभिन्न संघसंस्था तथा निकायको आर्थिक सहयोगमा स्तूपाको निर्माण गरिएको हो । गतवर्ष भूकम्पले भत्किएको यो स्तूपा सबैभन्दा छिटो जीर्णोद्धार भएकोे विश्व सम्पदामा सूचीकृत सम्पदा हो । गतवर्ष जेठ महिनामा सुरु गरिएको पुनःनिर्माण कार्य …

गौतमश्रीको गाईपालन

  काभ्रेको पात्लेखेतमा रामबहादुर गौतमले व्यवसायीक रुपमा गाई पाल्दै आएका छन् । हाल उनको फार्ममा झण्डै साढे ३ सय गाई छन् भने १ सय २५ गाईले दूध दिइरहेका छन् । ‘गौतमश्री अर्गानिक काउ फार्म’ संचालन गरिरहेका रामबहादुर गौतमले पाँचबर्ष अगाडि पाँचवटा गाईबाट फार्मको सुरुवात गरेका थिए । गौतमको गाईफार्ममा पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले खिचेका …

दिपावलीमा झलमल्ल काठमाडौं

दिपावलीका अवशरमा काठमाडौं झलमल्ल बल्यो । प्रकाशको पर्वका रुपमा परिचित दिवापलीमा काठमाडौंबासीले घरघरमा झलमल्ल बत्ति बालेका थिए भने काठमाडौंका न्यूरोड, ठमेल, महाराजगञ्ज लगायतका क्षेत्रमा विशेष झिलिमिली थियो । लक्ष्मीपूजा गरिसकेपछि नेपालीहरुले घरघरमा बालेका बत्तिमा काठमाडौं धपक्कै बलेका थिए । खसोखासका प्रधानसम्पादक किशोर पन्थीले काठमाडौंका विभिन्न क्षेत्रमा पुगेर खिचेका तस्विरहरु ।

यसपाली भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा

यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा  जुृरेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयाे ।   “यसवर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उहाँले भन्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे बैठक …

सुरु भयो रमाइलो मौसम

हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा । । कवि सिद्धिचरण श्रेष्ठले लेखेको यो कविताझैँ दुर्गा भवानीको पूजा (बडा दसैँ) सकिएलगत्तै मनसुन पनि समाप्त भएपछि नेपाली आकाश छ्याङ्ग खुलेको छ । न जाडो र न गर्मी, अत्यन्तै रमाइलो मौसम सुरु भएको छ । वातावरणविद्का भनाइमा वर्षभरिमा यो मौसम अत्यन्तै …