नसुनिएका आवाज

कृष्णलक्ष्मीको दिनचर्या

सर्मिला बुढाथोकी दोलखा । उमेरले सात दशक कटिसक्योे, न छोराछोरी, न श्रीमान्, न आफन्तको सहयोग नै । दोलखा भिमेश्वर नगरपालिका ९ कि कृष्णलक्ष्मी खत्री आफ्नो जीविकाको लागि दिनँहु सडक पेटीमा भेटिन्छिन् नाङ्ले पसलसंग । धुलाम्य सडकको छेउमा बसको झ्याल तिर आँखा डुल्लाउदै ग्राहकको प्रतीक्षामा दिन बिताउन लागेको पनि २ दशक भयो कृष्णलक्ष्मीले । श्रीमान्ले दोस्रो …

कर्जाले बनायो कंगाल

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको कथा ।   एकल सिलवाल मधेशका गाउँगाउँमा गरीबहरूलाई साहूसँग कर्जा नलिए बाँच्न मुश्किल छ । यहाँका अति विपन्न तथा बेरोजगार …

मनको गोठ भत्काउने जिम्मा कस्को ?

छाउपडी गोठ भत्काउँदैमा यो प्रथा हट्दैन । छाउपडी प्रथाका बारेमा व्यक्तिको मन भित्र बसेको नकरात्मक धारणा र डर हटाउन सकेमात्र यो गोठ मुक्तको अभियान सफल हुन्छ । शिवराज खत्री गत मंसिर ४ गते बिहान महिला तथा बालबालिका कार्यालय अछामले संचारकर्मीसँग एउटा छलफल कार्यक्रमको आयोजना गर्‍यो । अहिलेसम्म लैङ्गिक हिंसा न्यूनिकरण गर्न संचारकर्मीको भूमिका के रह्यो …

‘आइरन लेडी’लाई मात्र ९० भाेट !

मणिपुरमा निर्वाचन अभियानमा सामेल हुनुभन्दा अघि मणिपुरकी ‘आइरन लेडी’ इरोम शर्मिला पछाडि सशक्त जमात् देखिन्थ्यो। उनीप्रति जनताको अपार समर्थन र सम्मान थियो। त्यही जनसमर्थनको पृष्ठभूमिमा उनी राजनीतिमा होमिइन्। तर भर्खरै आएको चुनाबी परिणामले त्यो समर्थन मतमा परिवर्तन गर्न असफल देखाएको छ।  उनले चुनाब हारेकी छन्। हार्नु मात्र होइन मात्र ९० मत पाएर लज्जास्पद पराजय व्यहोरेकी …

पशुपतिको बर्सेनि अर्बौं रुपैयाँ खेर

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो । तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा २२ वर्षसम्म तिरेन । बारम्बारको ताकेतापछि …

सगरमाथामा पर्यटकहरु बढ्दै

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिन थालेको जनाइएको हो । अहिले दैनिक १०० को हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ । फागुनबाट सुरु …

‘ए दिदी ! त्यो बच्चा किन सिटमा राखेको ?’

अस्मिता खड्का /बच्चा लिएर यात्रा गर्दाको दिन सातदोबाटोकी बिमला बानियाँले चालकसँग झगडा नगरेको दिनै हुन्न । बिमला भन्छिन्, ‘गाडी चढेर बच्चा सिटमा राख्न पाएको हुँदैन, चालकले बच्चा सिटमा नराख्नुस् है भन्न भ्याउँछ ।’ एक दिनको कुरा हो । उनी सातदोबाटोबाट बानेश्वर जाने टेम्पुमा बच्चा लिएर यात्रा गर्दै थिइन् । टेम्पो चालकले भने, ‘ए दिदी ! …

राजनीतिमा ‘धुपौरे संस्कार’

टेकेन्द्र जोशी / राजनीतिक पार्टीहरुमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने बहस एउटा कुनाबाट सुरु भएको छ । पुस्ताहस्तान्तरणका लागि सुरु भएको त्यही बहस पनि नेतृत्व व्यावस्थापन गर्ने बाटो हिड्न थालेको आभास हुन्छ ।  पहिलो पुस्ताले देशमा पहिला प्रजातन्त्र र पछि गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको साँचो हो, यसलाई दोस्रो पुस्ताले स्वीकार र सम्मान …

अन्तर्राष्ट्रिय पुरस्कार विजेता केशा परियार गुन्द्रीको टुक्रामा हिसाब राख्थिन्

म नपढेको मान्छे पढेकासँग पनि डराउँदिनँ । किनकि मैले काममा डिग्री हासिल गरेकी छु ।’ अस्मिता खड्का / केही नपाएपछि गाउँका पुरुषले उनका श्रीमान्लाई ‘अपुतो’ भन्दै दोस्रो विवाह गर्न उक्साए । तर, केसा परियारका श्रीमान् गाउँलेको लहलहैमा लागेनन् । तिनै मान्छेहरूले टेक बहादुर परियारलाई जोइटिङ्ग्रेसमेत भने ।  केसाले सुरु गरेको अभियान ठीक लागेपछि टेक बहादुरले …

बेचिएकी चेली जुत्ता उत्पादनमा

मानव बेचबिखनमा परेकी खलंगा–१, रानागाउँ जाजरकोटकी २५ वर्षीया मुना शाही ओली जुत्ता उत्पादन गर्छिन् । उनले नेपालगन्जमा ‘मुना सु सेन्टर’ स्थापना गरेर जुत्ता उत्पादन गर्दै आएकी छिन् । ‘काम गर्न जातले छेक्दैन,’ भन्ने सोचाइलाई सार्थक बनाउन ३ वर्षअघि नेपालगन्जमा जुत्ता उत्पादन गर्ने व्यवसाय सञ्चालनमा ल्याएको उनले बताइन् । जुत्ताको काम सुरु गर्दा उनले परिवारका सदस्य …

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!