खसोखास विशेष

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया आजदेखि निःशुल्क

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ ।  शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले गर्नु भएको घोषणा आजदेखि लागु हुन लागेको हो । नेपालमा मुटु रोगको समस्या बढ्दै गएको बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गरिएको उहाँले बताउनु …

पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता अझै बाँडिएन

चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालू आर्थिक वर्ष ०७३-७४ को पहिलो किस्ताको सामाजिक सुरक्षा भत्तासमेत अझै पाउन सकेका छैनन् ।सरकारले नगरपालिका क्षेत्रमा चालू आर्थिक वर्षदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । तर, बैंकमार्फत भत्ता वितरण गर्ने अभ्यास थालिए दोस्रो किस्ता वितरण गर्ने वेला हुँदासमेत चौरजहारीमा पहिलो किस्ता नै वितरण गरिएको छैन । नगरपालिकामा …

पाँच वर्षमा पनि बनेन मोर्कखोलामा पुल

जाजरकोट–जुम्ला सडकको छेडा–कचाली सडक खण्डअन्तर्गत मोर्कखोलामा पाँच वर्षअगाडि निर्माण सुरु गरिएको पक्की पुल अझै निर्माण सम्पन्न भएको छैन । १५ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौंले पुल निर्माणको ठेक्का पाएको थियो । जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले निर्माण ठेक्का पाएको पुल निर्माणमा हालसम्म ६० लाख खर्च भइसकेको बताइएको छ । स्थानीय सडक …

अमेरिकामा सयौं कागजपत्रबिहिन पक्राउ, लस एन्जलसबाट ३७ डिपोर्ट

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । अपराधीहरुलाई निशानामा राखेर घरहरु र कामगर्ने स्थानहरुमा छापा मारिएपनि आपराधिक रेकर्ड नभएका कैयन कागजपत्रबिहिनहरुलाई पनि नियन्त्रणमा लिइएको सरकारी …

कार्यकारी आदेश अदालतले रोकपछि ‘नयाँ आदेश’को तयारीमा ट्रम्प

सातवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा अस्थायीरुपमा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले ‘एकदमै नयाँ’ अर्को कार्यकारी आदेशको तयारी गरिरहेका छन् । शुक्रबार राष्ट्रपति चढ्ने बिमान एयरफोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ब्राण्ड न्यू कार्यकारी आदेशको तयारी भइरहेको खुलासा गरेका …

प्रचण्ड–ओली अतिवादका नाइके : सांसद आरके खम्बु

खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् । शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै सो धारणा राखेका हुन् । खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, …

छिट्टै निर्वाचनको मिति घोषणा हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमाले सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनुभयो । संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय …

तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति

राजनीतिक दलहरुबीच निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा अनौपचारिक सहमति भएको छ । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा दलहरुबीच सहमति भएको हो । दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन् । प्रमुख राजनीतिक दल …

ट्रम्पको कार्यकाल सुरु भएपछि यसरी गरियो एउटी आमालाई डिपोर्ट

अपराध गरेका कागजपत्रबिहिनहरुलाई मात्र देशनिकाला गर्ने भनिएपनि एउटी कागजपत्रबिहिन आमालाई बिहिबार अमेरिकाबाट देशनिकाला गरिएको छ । उनका दुईजना बच्चा अमेरिकामा नै जन्मिएका अमेरिकी नागरिकहरु हुन् भने ती आमा १४ बर्षको बाल्यकालमा नै अमेरिकामा आएकी थिइन् । बर्षौ अगाडि अमेरिका आएर अमेरिकामा नै बच्चा जन्माएकी अमेरिकी नागरिककी ति आमा कागजपत्रबिहिन थिइन् । उनी आफ्ना बच्चाहरुका साथमा …

स्वर्ग जाने पुल

भूपिन/मलाई मानिसहरू हिँड्ने रूखजस्ता लाग्छन्, जो नहिँड्ने पुल तरेर कहाँ-कहाँ पुग्छन् र फर्किन्छन्। केही वर्ष भो, मेरो गाउँ बलेवा र कुश्मालाई जोड्ने ‘हिँड्ने-पुल’ तारमा झुन्डिएर कालीगण्डकीमाथि वारिपारि गरिरहेको। तारमा समस्या देखिएकाले यसपालि पुल थलिएको रहेछ, त्यसैले देवेन्द्र दाइ र म कैयाको झोलुंगे पुल झर्न बाध्य भयौं। त्यो नेपालको सबैभन्दा अग्लो झोलुंगे पुल पूरै १६६ मिटर …




Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.