खसोखास विशेष

पार्टी एकताका लागि बाबुराम र उपेन्द्र सहमत

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका छन् । दुई पार्टीका प्रमुख डा.भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता …

किन पाएन साझाले बस चलाउने अनुमति ?

साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो । यातायात क्षेत्रको अध्ययन …

नेकपा (संयुक्त) ले २१ जिल्लामा उम्मेदवारी दिने

नेकपा ( संयुक्त) ले स्थानीय तह निर्वाचनमा देशका २१ जिल्लामा उम्मेदवारी दिने भएको छ । पार्टीको सङ्गठन तथा सञ्जाल देशभर सबै जिल्लामा नभएका कारण सीमित स्थानमा मात्र उम्मेदवारी दिने तयारी गरिएको छ । पार्टीका अध्यक्ष गणेश साहका अनुसार पछिल्लो संरचनाअनुसार प्रदेश नं– ६ का कुनै पनि स्थानमा पार्टीले उम्मेदवारी दिने छैन् । पार्टीले भ्रष्टाचार मुक्त …

लाइनमा बसेका सबैले तेल भर्न किन पाउँदैनन् ?

एक हप्तादेखि काठमाडौंमा पेट्रोलको अभाव भएको छ । अधिकांश पम्पहरुमा पेट्रोल वितरण नै भएको छैन भने वितरण भएका पम्पमा उपभोक्ताको लाइन रहेको जनाईएको छ । मागअनुसार आपूर्ति गर्न नसकेको आयल निगमले दोष उपभोक्तामाथि नै लगाएको जनाईएको हो । तराई आन्दोलनको घोषणापछि ‘तेल अभाव हुने’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल …

सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण गर्न आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित भइ पहरेदारको जिम्मेवारी सम्हाल्न सञ्चारमध्यमलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले आज आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण र समाचारको महत्व’ विषयक कार्यशालामा सहभागी पत्रकारसँग उहाँले उक्त आग्रह गर्नुभएको …

मोर्चालाई निर्वाचनमा ल्याउन प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वार्तामा मधेसी मोर्चालाई बोलाएका थिए । आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास सुरु भएको जनाईएको हो । मोर्चाका नेताहरुले आज दिनभरमा कुनै सहमति नभए भोलि मधेस झर्ने बताएका छन । कांग्रेस शीर्ष नेताहरु समेत सहभागी भएको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसामू सरकारले ल्याएको संविधान संशोधन …

यसरी न्याय कसरी जीवित रहन्छ सरकार ?

-राधाकृष्ण देउजा शक्ति र सत्ताको पेलाइमा परेर योग्यता, क्षमता हुँदाहुँदै पनि आइजीपी हुन नपाएका कारण अदालतको शरणमा पुगेका निरिह डिआइजीलार्इ राज्यका बिभिन्न निकायमा सुरक्षित हुने कार्यसम्पादन मुल्यांकन जस्तो संवेदनशील डकुमेन्ट किर्ते गरेको आरोप लगाइएको छ । उनकै प्रतिस्पर्धी जसको विरुद्धमा उनी अदालतमा मुद्दा हाली रहेका छन्, लार्इ उनीउपर छानविन गर्नु भनेर आदेश दिइएको छ । …

पत्रकारप्रति बिल ब्लाजिओको व्यवहार पनि ट्रम्पकोजस्तै

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेपछि न्युयोर्क टाइम्सले उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै सम्पादकीय लेखेको छ । पत्रकारका प्रश्नहरुको जवाफ दिन अस्वीकार गरेको एउटा पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै न्युयोर्क टाइम्सले भनेको छ – ‘ट्रम्प विरोधीका रुपमा जमेर आफूले प्रस्तुत गर्ने ब्लाजिओले पत्रकारहरुलाई उनीहरुको काम गर्न नदिएर आफूभित्रको डोनाल्ड …

अष्ट्रेलियन नागरिकतामा कडाई, पीआर पाएको ४ वर्षपछि मात्रै आवेदन दिन पाइने

अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा कडाई गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् । अष्ट्रेलियन मूल्य मान्यतालाई आत्मसाथ गर्नसक्ने र अँग्रेजी भाषा क्षमताको कडा परिक्षणको प्रकृया अपनाइने प्रधानमन्त्री माल्कम टर्नबलले बताएका हुन् । केही दिनअघि विदेशी …

समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छःकोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताउनुभएको हो …