खसोखास विशेष

मन्त्रीले उद्घाटन गरेको अस्पताल नै अवैध

नुवाकोटको तारुका १ जोरचौतारामा निर्माण गरेको गौरा–पार्वती सामुदायिक अस्पतालले अनुमति नै नलिइ भवन निर्माण गरेको पाइएको छ । अस्पतालले मापदण्ड पालना नगरी भवन बनाएको भेटिएको हो । सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको र भवनको मापदण्ड समेत पूरा नभएको पाँच शैयाको अस्पतालको उद्घाटन भवन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आइतबार हेलिकोप्टरमा आएर गरेका थिए । स्विट्जरल्यान्डका …

प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु : प्रधानमन्त्री

मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता गराउँछौँ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेवले भने ।कानुन मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबारसम्म संविधान संशोधन प्रस्ताव दर्ता गराउन निर्देशन दिएका छन् । सरकारको प्रस्तावबारे …

सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ

समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको छ । दुवै कार्यक्रम कार्यान्वयनका लागि सांसदहरुले कात्तिक मसान्तभित्र योजना छनौट गरी सम्बन्धित जिल्ला विकास समितिमा पेस गर्नुपर्ने व्यवस्था भए पनि समयमा योजना छनौट नगर्दा बजेट …

स्थानीय तहमा सङ्क्रमणकालीन नीति बनेन

स्थानीय तह पुनःसंरचनाको घोषणा गरिएपछि निर्वाचन नभएसम्मको सङ्क्रमणकालीन अवस्थामा स्थानीय तहको काम व्यवस्थापनका लागि सरकारले बेलैमा गृहकार्य गर्नुपर्ने विज्ञहरू बताउँछन् । सरकारले त्यस अवधिमा स्थानीय तहमा के कसरी काम हुने स्पष्ट नीति निर्देशनका लागि अहिलेदेखि नै द्रूत गतिमा काम थाल्नुपर्ने र त्यसो हुन नसके अन्योलको अवस्था सिर्जना हुन सक्ने सम्भावना औँल्याइएको छ । पुरानो संरचना …

संविधानविपरित शिक्षा नियमावली !

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले शिक्षा नियमावलीको मस्यौदामा कतिपय जायज मागको सम्बोधन नगरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । खासगरी शिक्षाको तहगत संरचनामा बाल शिक्षादेखि कक्षा आठसम्म आधारभूत तह र कक्षा नौदेखि १२ कक्षासम्म माध्यमिक तह भन्ने संवैधानिक प्रावधान विपरीत कक्षा १ देखि १२ कक्षासम्मको शिक्षालाई एउटै तहमा प्रस्तावित गरिएकोमा हिसाानले आपत्ति …

घेराबन्दीमा मोदी , २८ नोभेम्बरमा भारत बन्द

पाँच सय र एक हजारका नोटमा प्रधानमन्त्री नरेन्द‍्र मोदीले प्रतिबन्ध लगाएको विरोधमा विपक्षी दलहरुले २८ नोभेम्बरमा भारत बन्दको आह्वान गरेका छन् । नोटमा प्रतिबन्धलाई लिएर मोदीमाथि निरन्तर हमला गरिरहेका प्रतिपक्षी दलले भारत बन्दको आह्वान गरेका हुन् । बुधवार नयाँ दिल्लीको जन्तर मन्तरमा पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले धर्ना पनि सुरु गरेकी …

माइक्रोबाट लडेर चित्रबहादुर केसी घाइते

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी दिउँसो ३ बजेतिर मैतिदेवीको डेराबाट कपनमा रहेको पार्टी कार्यालय जाने क्रममा माइक्रोबाट झरेर घाइते भएको उनका भतिजा हिरा केसीले जानकारी दिए । माइक्रोको ढोका सँगैको सिटमा बसेका केसी कपनस्थित पार्टी कार्यालय जानेक्रममा तल खसेका थिए । ‘डेराबाट पार्टी कार्यालय जाने क्रममा …

सांसद्हरुले तलब बढाएको विरोधमा विद्यार्थीहरुको प्रदर्शन

सांसद्हरुले तलब–भत्ता बढाएको भन्दै १३ विद्यार्थी संगठनहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । शान्तिवाटिकामा गरिएको प्रदर्शनमा उनीहरुले सांसद्हरुको पछिल्लो निर्णयबिरुद्ध नाराबाजी गरेका हुन् । मंगलबार बसेको विद्यार्थी संगठनहरुको बैठकले उक्त निर्णयको विरोध गर्ने निर्णय गरेका थिए । प्रदर्शनमा उनीहरुले ‘तलबभत्ता फिर्ता गर’, ‘राष्ट्रको ढुकुटी सक्न पाउँदैन’, ‘यस्ता सांसद चाँहिदैन’ जस्ता नाराहरु लगाएका थिए ।

सीमाङ्कनको गोलचक्कर: प्रचण्ड पुरानै ठाउँमा आइपुग्दा एमाले पछि हट्यो

गत वर्ष संविधान जारी हुनुभन्दा केही समय अघिसम्म पनि सीमाङ्कनका विषयमा दलहरुबीच विवाद कायम थियो । त्यतिबेला सत्तारुढ काँग्रेस-एमालेले ७ प्रदेशको साझा प्रस्ताव ल्याए । जसमा पश्चिमका कञ्चनपुर र कैलालीलाई छाड्दै नवलपरासीसम्मका जिल्लालाई समेटेर एउटा प्रदेश र पूर्वमा झापा, मोरङ र सुनसरीलाई छाड्दै सप्तरीदेखि पर्सासम्मका जिल्लालाई समेटेर अर्को प्रदेश बनाउने प्रस्ताव गरिएको थियो । जुन …

सीमांकनदेखि नागरिकतासम्मै कांग्रेसमा कलह

संस्थापन (देउवा) पक्ष प्रमुख प्रतिपक्षी एमालेलाई बाइपास गरेर भए पनि संविधान संशोधन गर्नुपर्ने कित्तामा उभिएको छ । संस्थापनको यो अडानलाई एकाधबाहेक सबै मन्त्रीहरूले साथ दिएका छन् । तर, अर्काथरी नेताहरू एमालेलाई उपेक्षा गरेर गरिने संशोधनले झनै समस्या बढाउने र प्रस्ताव नै पारित गर्न नसकिने ठोकुवा गर्छन् । सभापतिनिकट कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री …