एमाले र मधेसी मोर्चाका कारण सप्तरी तनाबग्रस्त


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत आज सप्तरीमा सभा हुँदैछ । मधेसी मोर्चाले प्रर्दशन सुरु गरेको छ भने केहि प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजविराजमा हुने जनसभाको स्थान मधेशी मोर्चाको व्यापक बिरोधपछि परिवर्तन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिरोधका कार्यक्रम सार्वजनिक गरेपछि राजविराजस्थित राजरंगशालामा हुने भनिएको कार्यक्रम स्थल परिवर्तन गरेर जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सारिएको हो ।

त्यस्तै एमालेको मेची महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् । मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

नेकपा एमालेको मेची(महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम छ । सप्तरीमा एमालेको कार्यक्रमका लागि अहिले मञ्च बनाइँदैछ । यसैविच, प्रदर्शनका क्रम्मा सदभावना पार्टीका नेता दिनेश यादव र राष्ट्रिय मधेस समाजबादी पार्टीका नेता मुकेश कर्ण पक्राउ परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com