भैरे भएर आउँदै अभिनेता दयाहाङ


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

– पुष्कर बराल

नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्न लागेको छ  बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल भएका छन् ।

उनै चर्चित  निर्देशक एभरेष्ट सुर्य बोहराले फेरी नेपाली फिल्मी जगतमा अर्को फिल्म भैरेको निर्देशन गर्न लागेका छन । बिहिबारराजधानीमा नवनिर्मीत फिल्म भैरेको  शुभमुहुर्त गरीएको छ ।

दयाहाङ्ग राई,  बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहने छ ।

यसै फिल्ममा दयाहाङ राई भैरेको पात्रमा देखिने भएका हुन ।

काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन हुन लागेको यो फिल्मको छायांकन आगामी साता बाट शुरु हँदैछ । फिल्मकरीब डेढ महिनामा छायाङकन सकिने निर्माताले बताएका छन् । शुभमुहुर्त कार्यक्रमा निर्देशक बोहराले भने आफुले जहिले पनि गफभन्दा काम गर्ने बताए । आफुले भन्दा आफ्ना कामले बढी बोल्ने बताएका बोहोराले फिल्मको कथा बढि रोमान्चित रहेको बताएकाछन् ।

फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै राम्रो लागेको बताएका छन् ।

अन्य कलाकार नायिका सुरक्षा पन्त, नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा मन परेको बताए । चलचित्र उध्योगलाई अझउचाईमा पुर्याउन यो फिल्म बन्नलागेको  बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले  बताएका छन् ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल हुन् भने देवि माया अधिकारीकार्यकारी निर्माता रहेका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने भैरे को कथा निर्देशक शुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेशन्यौपानेको रहनेछ ।  फिल्ममा  बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत तथा गायन रहने बताईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com