४ स्टेपमा आँखा नशालु


प्रकाशित मिति : पुस २२, २०७३ शुक्रबार

कतिपय युवतीका आँखा हेर्दै नशालु लाग्छन् । यस्ता आँखा भएका युवतीले सबैको नजर तान्छन् । तर, मेकअप गरेर सामान्य आँखालाई पनि नशालुपन दिन सकिन्छ । तपाईंका आँखा सामान्य छन् र सबैको नजर खिच्ने बनाउन चाहनुहुन्छ भने गाजल लगाउँदा केही स्टेप पालना गर्नुपर्ने हुन्छ । ब्युटिसियन एलिसा लेप्चाले स्टेप सिकाएकी छिन् :

एलिसा लेप्चा
ब्युटिसियिन

स्टेप १
जुनसुकै आँखाको मेकअप गर्दा पहिलो स्टेपमा प्राइमर वा फाउन्डेसन लगाउनु जरुरी हुन्छ । पाइमर र फाउन्डेसनले आँखावरिपरि भएको डार्क सर्कल या दाग–धब्बा छोपिदिन्छ । यसले फेस स्किनसँग आँखा वरिपरिको स्किनलाई समान बनाउन पनि भूमिका खेल्छ ।

स्टेप २
सामान्य आँखालाई ठूलो र नशालु देखाउन मस्काराको महत्वपूर्ण भूमिका हुन्छ । माथिल्लो र तल्लो दुवै परेलामा मस्कारा लगाउँदा परेला सीधा हुन्छ । सीधा परेलामा आँखाको आकर्षण बेग्लै हुन्छ । अब आँखालाई केही नशालु देखाउने हो भने परेला केही घुम्राएर मस्कारा लगाउनु राम्रो हुन्छ ।

स्टेप ३
आँखालाई नशालुपन दिन आइलाइनर उत्तम मेकअप टुल हो । केही लामो आकारमा लाइनर दिँदा आँखालाई लाम्चो, ठूलो र नशालु देखाउँछ । आइलाइनर ड्रेसअनुसार म्याच गराउँदा आँखामा कामुकता अझ बढी झल्किन्छ । आँखा धेरै नै सानो छ भने चाहिँ तल्लो भागमा लाइनर नलगाउनु नै ठीक हुन्छ ।

स्टेप ४
आँखालाई नशालु देखाउन भुल्नै नहुने मेकअप टुल हो, आइस्याडो । आँखाको माथिल्लो भागमा धेरै आइस्याडो लगाउँदा निकै आकर्षक देखिन्छ । नाइट पार्टीमा जाँदै हुनुहुन्छ भने ड्रेसअपमा म्याच गर्ने आइस्याडो लगाउनु उत्तम हुन्छ । ब्ल्याक, ग्रे र पर्पल कलर ठीक हुन्छ ।नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com