उपेन्द्रलाई अनुजाले धोका दिएपछि (भिडियो)


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ ।

श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् ।

भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो देखाइएको छ त कतै उनीहरुको विछोडको पाटोलाई पनि मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अनुजाको यादमा उपेन्द्रको तड्पाई नै भिडियोले बोलेको छ ।

दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक क्षेत्री विश्वस्त छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेको पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com