अनुदानको खाद्यान्न बाटोमै बेचियो


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका ५ गाविसमा पठाईएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी लिएर बाटैमा बेचेको पाइएको छ ।

पुलुस्थित विरण केन्द्रमा लैजानुपर्ने १५ सय क्विन्टल खाद्यान्नमध्ये हालसम्म ६ सय ६२ क्विन्टल १० किलोग्राम रोवा, ललिलेख, लुम्स, छाइल र सदरमुकाम गमगढीमै बेचेको खुलेको छ । ३० केजीको ९ सय ८० रुपैयाँ पर्ने चामललाई १ हजार ८० देखि १६ सय रुपैयाँसम्म बेचेको बताइन्छ ।

ऋणीमोक्क्ष वक्र्स कन्र्टक्शन प्रालिले गमगढी देखि पुलुसम्म प्रति केजी १३ रुपैयाँका दरले ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि खाद्यन्न ढुवानी गर्ने खच्चडवालाहरुलाई गमगढी देखि पुलुसम्म प्रति केजी ९ रुपैयाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेको स्थानीयवासीले जानकारी दिए।

 संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपैयाँमा ३० केजीको प्याक उपलब्ध गराउँदै आएको र ठेकेदार बसन्त कुमाईले पुलु लिनु पर्ने  एक सय प्याक खाद्यन्न ट्याक्टरमा लिएर  प्रति प्याक १ हजार ८० का दरले रोवा गाउँमा बेचेको भन्ने स्थानीयले आफुलाई जानकारी दिएको नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले जानकारी दिए। गमगढीबाट खाद्यन्न पुलुसम्म कुमाईले दुई पटकसम्म लिएको र ढुवानी रकम प्रति केजी ८ रुपैयाँ मात्र दिए पछि खाद्यन्न ढुवानी गर्ने काम छोडेको रोवा गाविस वडा नम्बर ८ लुम्स गाउँका स्थानीयवासी शेरसिहं ऐडीले बताए।  नागरिकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com