पाटन दरबारमा चीनियाँ र नेपालीको छमछमी


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

नेपाली सांस्कृति छिमेकी मुलुक चिनसंग मिल्दोजुल्दो छ । दुई मुलुकबीचको सम्बन्ध पनि पुरानो हो । तर, आपसी आदान प्रदानको अभावमा विगतको प्रगाढ सम्बन्धमा कमी आएको भन्दै चीनको शिचुवान क्षेत्र अन्र्तगत पर्ने छेन्दुका नगरप्रमुख, कलाकार र सञ्चारमाध्यमहरुले काठमाण्डौमा विभिन्न कार्यक्रम गरी दुई मुलुकबीचको सांस्कृतिक, समाजीक सम्बन्ध मजबुत बनाउनु पर्ने बताएका छन् ।

चीनको मुख्यभूमि छेन्दुका कलाकार,सञ्चारकर्मीहरुले पाटन दरवार क्षेत्रमा ज्यापू समाज यलको सहकार्यमा विभिन्न कार्यक्रम गरी त्यस क्षेत्रको परम्परागत थ्रि आर्ट नृत्य र नेवारी परम्परागत नृत्यको समायोजन गरी नौलो नृत्य प्रदर्शन गरे ।
कार्यक्रममा नेपालमा रहेका चिनिया“ स्वंयम सेवक शिक्षक, विद्यार्थी र छेन्दुका कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेर छेन्दुकी संस्कृतिको उजागर गरेका थिए । छेन्दु र नेपालको संस्कति मिल्दोजुल्दो हुनका साथै नेपाल–चीनबीच परापूर्वकालदेखि गहिरो सम्बन्ध रहेकाले दुई मुलुक बीच सांस्कृतिक र सामाजीक सदभावलाई बडवा दिन कार्यक्र गरिएको छेन्दू टेलभिजनका अन्तराष्ट्रिय मामिला कार्यकारी सम्पादक ग्लोरिया लियोले बताइन ।

सम्पादक ग्लोरीया लियो दुई मुलुकबीचको सांस्कृति र सामाजीक सम्बन्धलाई अरु उचाईमा पु¥याउन छेन्दु महानगरपाली र काठमाण्डौ महानगरपालीका बीच सम्बन्ध विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने र सम्झौता पत्रमा हस्ताक्षर पनि हुने बताए । विगत देखिनै दुई देशबीच राम्रो सम्बन्ध छ । यो सम्बन्धलाई अझ मजबुत बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रमका सयोजक ज्यापू समाज यलका अध्यक्ष प्रेम महर्जन बताउछन् ।

बेला बेलामा दुई मुलुकबीच यस्ता कला र संस्कृति आदानप्रदान आवश्यक रहेको अध्यक्ष महर्जनको भनाइ छ । कार्यक्रममा छेन्दुकका कलाकारहरुले विभिन्न गीत गाउनुका साथै छेन्दूको धार्मीक र सांस्कृतिक मुहारको रङ फेर्ने नृत्य प्रस्तुत गरेका थिए । त्यस्तैै नेपाली नेवारी नृत्य र थ्रि आर्ट नृत्यलाई समायोजन गरी नौलो प्रकारको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com