ठगी आरोपमा बिराटनगरबाट भारतीयसहित ६ पक्राउ


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

१ मंसिर,विराटनगर/ अवैध रुपमा हुण्डीको कारेावार गर्ने एक भारतीयसहित ६ जनालाई मोरङ प्रहरीले ८६ लाख रुपैयाँभन्दा बढी रकमसहित विराटनगरबाट पक्राउ गरेको छ ।

उनीहरुलाई पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजानिक गरिएको छ । पक्राउ परेकावाट वरामत ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँ समेत प्रहरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार भाइबरमार्फत चिठ्ठा परेको भन्दै ठगीमा उनीहरुको सलग्न भएको प्रहरीले जनाएको छ ।

हुण्डीको कारोवारमा सलग्न विराटनगर ७ का ५५ वर्षीय अनुपचन्द सेठिया, उनका भतिजा ४० वर्षीय ललित, उनका सहयोगी सुनसरी दुहवीका २९ वर्षीय बलराम बिश्वास, विराटनगरका ४३ वर्षीय बिमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारतीय नागरिक ३७ वर्षीय पंकज कर्णलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले ठगीमा संलग्न सेठियाका पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा ठगी मुद्दामा ७ दिनको म्याद थप गरिसकेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले उनीहरुबाट बरामद भएको रकमको स्रोत नखुले अन्य मुद्दा पनि दर्ता गरिने जानकारी दिए ।

प्रहरीको अनुसार ठगी गर्ने मुख्य गिरोह पक्राउ गरेपछि पीडितहरु प्रहरीको सम्पर्कमा आउन थालेका छन् । ‘यो गिरोहबाट थुप्रै मानिस ठगिएको हुनुर्पछ,’ एसपी बिसीले भनेे,’ ठगी गर्ने गिरोहको सञ्जाल ठूलो छ ।’ प्रहरीको अनुसार ठगी गर्नेको सन्जाल भारतसम्म रहेको छ ।

प्रहरीले उनीहरुको साथबाट भारतमा रकम पठाएको विभिन्न कागजपत्रसमेत फेला पारेको छ । मोरङ प्रहरीले एक महिना अघि विराटनगरको रानी भन्सारबाट भाइबरमार्फत फोन गरि चिठ्ठा परेको छ भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सेठियाको अफिसबाट भारतीय एक हजार रुपैयाँ, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान र ६ थान मोवाइलसमेत बरामद गरेको छ ।

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com