वडा अध्यक्षले एक स्थानीय युवकलाई गरे, कुटपिट
प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार
वैशाख ११, कालिकोट । अछाम ढकारी गाउँपालिका– ४ का वडा अध्यक्षले एक स्थानीय युवकलाई कुटपिट गरेका छन्। वडा अध्यक्ष पदम बुढाले सोही वडाका स्थानीय वीरबहादुर थापालाई कुटपिट गरेका हुन्। स्थानीय नरबहादुर बुढाका अनुसार वडा अध्यक्षलेले वैशाख ९ गते साँझ विद्यालयमा मजदुरी काम गरेर घर फर्किंदै गर्दा बुढामाथि कुटपिट भएको हो। वडा अध्यक्ष बुढा र उनका स्वकीय सचिवले रक्सीले मातेर थापामाथि कुटपिट गरेको स्थानीय थापाले बताए। अध्यक्षको आक्रमणबाट ३० वर्षीय थापाको आँखा, नाक, मुख र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। हाल उनको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। पसलमा चिया खाएर सामान किनिरहेको अवस्थामा आफूमाथि आक्रमण भएको घाइते थापाले बताए। कुटपिटमा संलग्न भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक दधिराम न्यौपाने बताए। यसैबीच निर्वाचित क्षेत्र नम्बर( २ अन्तर्गत प्रदेशसभा १ का सांसद अक्कल रावलले थापामाथि भएको आक्रमण आपत्तिजनक भएको बताए। ‘एउटा जनप्रतिनिधिले स्थानीय सर्वसाधारण व्यक्तिमाथि कुटपिट हुनु आपत्तिजनक हो’, उनले भने, ‘कुटपिट गर्नेलाई कानुनअनुसार कारवाही हुनुपर्छ।’