वाह ! कालिञ्चोक


प्रकाशित मिति : मंसिर १०, २०७३ शुक्रबार

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन ।

कालिञ्चोक पुग्ने क्रममा खिचिएका सुन्दर तस्विर र विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ । त्यहाँ पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले खिचेका केही तस्विरहरु ।

img_1678

img_1682

img_1685

img_1688

img_1694

img_1695

img_1696

img_1697

img_1700

img_1704

img_1707

img_1737

img_1746

img_1748

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com