समलिंगीबिरोधी अमेरिकी राजनीतिज्ञले अफिसमै समलिंगी यौनसम्पर्क गरेपछि राजिनामा


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

अमेरिकाका एकजना समलिंगी नीति विरोधी राजनीतिज्ञले कार्यालयमा नै समलिंगी यौन सम्पर्क गरेको भेटिएपछि राजिनामा दिएका छन् । ओहायोका एकजना रिपब्लिकन सांसद वेस गुडम्यानले कार्यालयमा नै पुरुषसँग यौनसम्पर्क गरेको फेला परेका हुन् ।

गुडम्यान समलिंगी नीतिको विरोधीमात्र नभई महिलासँग विवाहित समेत हुन् । उनले गत मंगलबार कार्यालयमा नै यस्तो गतिविधि गरेका हुन् । गुडम्यान रुढीबादी रिपब्लिकन हुन् । गुडम्यान उत्तर मध्य ओहायोको ८७ औं डिस्ट्रिक्टबाट निर्वाचित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com