कञ्चनको कारुणिक कहानीको अर्को पाटो


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

– भुपेन्द्र थापा

कान्तिपुर टिभीमा प्रसारित एक महिला(कन्चन शर्मा रेग्मी ) काे कारुणिक अन्तरवार्ता हेर्नुभएकाे छ ? कथाकाे अर्काे पाटाे यस्ताे पनि रैछ  । पत्रकारितामा जस्लाई भनिन्छ  ब्यालेन्स अर्थात सन्तुलन ।

मोहन रेग्मी बाजुराबाट एसएलसी उत्तिर्ण गरेका र हाल नेपाल सरकारका सिनियर डिभिजनल इन्जिनियर हुन् । उनले कन्चन शर्मासँग बिहे गरे । दुइटा बच्चा जन्मे । समयक्रममा कन्चनको व्यवहारमा परिवर्तन आयो । कानूनले वर्जित गरेका कुलतहरु र संस्कारले वर्जित गरेका सम्बन्धहरु (यहाँ भन्न मिल्दैन) मा कन्चनको बढी लगाव थियो भन्ने कुरा विश्वस्त सुत्रबाट थाहा हुन आएको छ ।

कन्चनले भनेजस्तै उनलाई रुपवती भइनन् र हैसियत मिलेन भनेका कारण मोहन रेग्मीले उनलाई अलपत्र पारेका हैनन् । उनलाई पढाउने काम स्वयम् मोहनले गरेका हुन् । तिमी जागिर नखाउ, पढ र छोराछोरीको हेरचाह गर भनेर नै उनले जागिर छोडेकी हुन् । कन्चनको आफ्नै तरिकाको स्वच्छन्द (सामाजिक रुपमा अस्विकार्य) जीवन शैलीले रेग्मी परिवार नै डिप्रेसनको सिकार भयो । विश्वस्त सुत्रबाट थाहा हुन आएझैं मोहनले डिप्रेसनकै कारण कतिचोटी आत्महत्याको प्रयास पनि गरेका थिए । र कन्चनले भनेझैं उनका जेठा छोरा इन्जिनियर हैनन्, परिवारिक कारणले फ्रस्ट्रेट भएर उनी कुलतमा लागेका थिए । हाल उनी बैङ्लोर, भारतमा अध्ययनरत छन् ।

कञ्चन रेग्मीसँगको सम्पूर्ण अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला । 

पारिवारिक कारणले फ्रस्ट्रेट हुँदा मोहनले कन्चनलाई डिभोर्स मागे तर उनले दिइनन् । श्रीमानले डिभोर्स चाहँदा सम्बन्धित गाविसमा निवेदन दिनुपर्ने नियम भएका कारण मोहनले कुल्देवमाण्डौं गाविस, बाजुरामा निवेदन दिए र मुद्दा जिल्ला अदालत बाजुरामा दर्ता भयो । त्यो थाहा पाएर कन्चन आफैले अंशबण्डाको दावी सहित ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिइन् । उनै वादी प्रतिवादीको उहि प्रकृतिको मुद्दा पहिला नै अन्तै दर्ता भएका कारण ललितपुर जिल्ला अदालतबाट मुद्दा बाजुरामै सर्यो र २०६८ माघ १ गते जिल्ला अदालत बाजुराले मोहनजीको पक्षमा फैसला गर्‍यो । त्यसपछि उनले आफ्नो निजी जीवन आफ्नै ढंगले बिताउँदै आएका छन् र कन्चनबाट जन्मेका दुईटा छोराहरुको जिम्मेवारी आफैले लिएका छन् ।

डिभोर्सको फैसला भैसकेपछाडि कन्चन आफ्नो दिदी भिनाजुको घरमा बस्न थालिन् । उनी सडकमा अलपत्र परेको कुरा र छोराले टक्सन गाडीबाट हात हल्लाएको कुरा हामी बुझ्दैछौं । समयक्रममा अन्य सत्य-तथ्य बाहिर आउने नै छ ।

स्राेत : फेसबुक
नोट : नागरिक पत्रकारिता सेक्सनमा प्रकाशित सामाग्रीमा हामी नागरिकका विभिन्न खाले आवाजहरु समेट्छौं । यो सामाग्री फेसबुकमा पोष्ट गरिएका सामाग्रीका आधारित छ, जसको आधिकारिक पुष्टी गर्न बाँकी नै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com