प्रियंका चोपडा र निकको विवाहको मिति सार्वजनिक


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको विवाहको मिति सार्वजनिक भएको छ ।

केही समयअघि इन्गेजमेन्ट गरेको खबर बाहिरिएसँगै उनीहरूको विवाह १६ सेप्टेम्बरमा हुनेछ । त्यही दिन निकको जन्मदिन पर्छ र उनी २६ वर्षका हुने मिड डे पत्रिकाले जनाएको छ । निक प्रियंकाभन्दा ५ वर्ष कान्छा छन् ।

बिहेकै लागि प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन् । सोमवार राति प्रियंका न्युयोर्क गएकी छन् र जानुअघि उनले सलमानकी बहिनी अर्पितासँग भेटघाट गरेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com