जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

सन् १९०१ को मे २ तारिखमा जन्मिएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन् ।

गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।

आइतबार निधन भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्नुभएको मन्त्रालयले जनाएको छ ।

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उनी अहिले ११५ वर्षको भइन् ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन् । उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com