ट्रिपर जलाउनेलाई मुद्दा


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

मोटरसाईकललाई ठक्कर दिने ट्रिपरलाई आगो लगाउने युवालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । सार्वजनिक सवारी आगजनी गरेको अभियोगमा बनेपा १३ का युवा पक्राउ परेका हुन् ।

गत असार २३ गते दिउसो ४.२५ बजे बनेपा नगरपालिका अन्र्तगत वडा नम्वर १३ बुढाथोकी गाउँ अरनिको राजमार्गमा वा ३ ख ७०९१ नम्वरको ट्रिपरले एउटै दिशा साँगाबाट बनेपा तर्फ आउँदै गरेको बा ३३ प ९१६ नम्वरको मोटरसाईकललाई ठक्कर दियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सरोकारवाला निकायहरुको समन्वयमा ट्रिपरहरुमा ‘टाईम कार्ड’ लागु गरेको छ । टाईम कार्डका दुरुपयोगहरु पनि होलान तर दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीले गरेको अयिभानका कारण सफलता हासिल गरेको छ ।

टाईम कार्ड लागु भएको ६ महिनामा ट्रिपरबाट तीनवटा मात्रै घटना भएका छन् । उपत्यकाका तीन जिल्लामा राति मात्रै ट्रिपर चल्न पाउने भएपछि जिल्लामा दुर्घटनाको संख्या अझै कम गराउने विषयमा प्रहरी र सरोकारवाला निकायहरुले छलफल गरिरहेका छन् । दुर्घटनामा मानविय संवेदना समेत हराउँदै जान थालेपछि प्रहरीले कानुन कार्यान्वयनलाई प्राथमिकता दिन थालेको छ ।

साँगामा भएको ट्रिपरको ठक्करबाट भत्तपुर सुर्यविनायक वडा नम्वर ९ घर भएका ५० बर्षिय पुस्कराज हुमागाई र उनकै श्रीमती ४० बर्षिया लक्ष्मी हुमागाई सामान्य घाईते भएका थिए । उनिहरु चढेर आएको मोटरसाईकल निकाल्न नपाउँदै अराजक समुहले उनिहरुलाई अस्पताल पठाए लगत्तै मोटरसाईकल सहित ट्रिपरमा आगजनी गरेका थिए ।

दुर्घटना भए लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । चालकलाई भित्रै राखेर आगो लगाउने प्रयास सफल नभए पनि पीडितकै मोटरसाईकलमा समेत आगो लगाउने अराजक समुहलाई प्रहरीले तत्काल पक्राउ ग¥यो । ट्रिपर, मोटरसाईकलमा आगो लगाउने स्थानीउ २६ बर्षिय सेवक बुढाथोकीलाई प्रहरीले असार २५ गते पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । उनीसँगै घटनामा संलग्न अन्यको खोजी गरी प्रहरीले सवारीसाधनमा आगजनी गर्ने सबैलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सेवक प्रहरीको नियन्त्रणमा छन् । उत्तेजनामा आएर आफुले आगजनी गरेको स्विकार्दै सेवकले पीडितकै मोटरसाईकलमा किन आगो लगाएको भन्न सकेका छैनन । ठक्कर दिने ट्रिपर आगजनी मोटरसाईकलमा किन ? अराजकता देखिएकाले मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले जानकारी दिए ।

रविओपीबाट बनेपा आउँदै गरेको मिनिट्रक दुर्घटना हुँदा समयमै दमकल नपुगेको भन्दै बनेपा नगरपालिकाको पानी बोक्ने ट्याङ्करमा समेत ढुंगामुडा गरिएको थियो । सडकमा दुर्घटना हुने वितिक्कै चालक सहित सवारी साधनमा आगो लगाउने अराजक समुहलाई कारवाही गर्न प्रहरीले टोली नै परिचालन गरेको छ । दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई प्रशिक्षण र नियमित चेकजाँज गर्ने र अराजक हुनेलाई कारवाही गर्ने नीति लिईएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com