केन्याको दुई स्ट्रिप क्लबमा बन्दी बनाइएको २१ नेपाली युवतीको उद्धार


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

केन्याको राजधानी नाइरोबीस्थित दुई स्ट्रिप क्लबबाट २१ नेपाली युवतीको उद्धार गरिएको छ । पुलिसले यसबारे शुक्रबार जानकारी दिएको हो ।

‘मानव बेचविखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगासियो रोड र वेस्टल्याण्डस्थित दुई क्लबमा छापा मारे । अवैधानिक रुपमा केन्यामा शोषणका लागि ल्याइएका २१ नेपाली युवतीको उद्धार गरिएको छ, ’ प्रहरीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा जानकारी दिएको छ ।

बिहिबार अबेर राती गरिएको उक्त छापाका केही तस्बिर सार्वजनिक भएका छन् जसमध्ये एकमा निकै चम्किलो ब्लाउज लगाएका तीनजना महिलालाई पुलिसले सुरक्षित स्थानमा लैजादैं गरेको देख्न सकिन्छ ।

स्थानीय तीनजनालाई ती युवती तस्कर गरेको आरोपमा पक्राउ गरिएको छ ।

पुलिसको छापापछि उमेर नखुलाईका युवतीलाई पीडित शरणार्थी क्याम्पमा राखिएको छ । अधिकारीले उनीहरुको पहिचान र केन्यामा उनीहरुको वैधानिकताबारे अनुसन्धान समाप्त नभएसम्म त्यहाँ नै राख्ने बताएको छ ।

‘हामीहरुले २१ जना युवती र तीनजना आरोपीलाई नियन्त्रणमा लिएका छौं । उनीहरुको अन्तर्राष्ट्रिय मानव तस्करसँग केही सम्बन्ध छ–छैन भन्ने बारे अनुसन्धान गरिरहेका छौं,’ पुलिसले एफपीलाई जानकारी दिएको छ ।

यसअघि, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केन्याको मोम्बासामा पासपोर्ट र फोन खोसेर बन्दी बनाइएका सात नेपाली युवतीको उद्धार गरेको जानकारी दिएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com