इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नु भएको छ ।

अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उहाँको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहनु भएको छैन ।

“अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,” उहाँलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com