डा.केसीको पक्षमा माइतीघरमा प्रदर्शन,बाबुराम र शुसीला पनि सडकमा, माइतीघरमा प्रदर्शन


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दे अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले शनिबार मण्डलामा वृहत प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका संयाेजक बाबुराम भट्टराइऽ नेत्री हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com