अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका ३६४ बालबालिकाको पुनर्मिलन


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका ३६४ बालबालिकाको पुनर्मिलन गराइएको ट्रम्प प्रशासनले जनाएको छ । अमेरिका छिर्न खोज्ने कागजपत्रविहिन बालबालिकाहरुका बाबुआमासँगको सम्बन्ध पुष्टी गर्ने आधार नभएको भन्दै उनीहरुलाई बाबुआमाबाट अलग राखिएको थियो । उनीहरु ५ बर्ष वा त्यो भन्दा माथिको उमेरका बालबालिकाहरु रहेको जनाइएको छ ।

बाबुआमाबाट अलग राखिएका झण्डै २५५१ बालबालिकाहरु रहेको र उनीहरुका बाबुआमा र अभिभावकसँगको सम्बन्ध सुनिश्चित भएपछि पुनर्मिलन गराइने जनाइएको छ । बाबुआमाबाट अलग भएका बालबालिकाहरुलाई पुनर्मिलन गराउनुपर्ने अदालतको डेडलाइन गत साता नै सकिएको छ ।

अदालतले ५ बर्ष मुनीका बालबालिकाहरुलाई बाबुआमासँग पुनर्मिलन गराउने डेडलाइन जुलाई १० सम्मका लागि तोकेका थियो । त्यस्तै ५ बर्षमाथिका बालबालिकाहरुलाई बाबुआमा वा अभिभावकसँग पुनर्मिलन गराउने म्याद जुलाई २६ सम्म रहेको छ ।

झण्डै ९ सय बालबालिकाहरुका बाबुआमासँग पुनर्मिलनका लागि योग्य नहुने सम्भावना रहेका छ । बाबुआमाको सुनिश्चत नभएको खण्डमा, बाबुआमालाई अपराधको अभियोगको लागेको खण्डमा बालबालिकाहरुलाई अमेरिकी सरकारले अलग हिराशतमा राख्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com