नेपाल र चीनका विद्यालयबीच सम्बन्ध बढाउनुपर्ने


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनका विद्यालयबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल आएका छन् ।

दुई शिक्षकसहित २३ विद्यार्थी नेपाल र चीनको विद्यालयबीचको पढाइको सम्बन्ध बढाउनुको साथै नेपालको कला, संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्न नेपाल आएका हुन् । केही दिनअघि नेपाल आएका उनीहरु काठमाडौँका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिइरहेका छन् ।

चिनियाँ शिक्षिका एली चीन र नेपालको विद्यालयको सम्बन्ध बढाई एक आपसमा शिक्षा आदानप्रदान गर्नुपर्ने बताउनुहुन्छ । उहाँले चीन र नेपालका धेरै महिला बढी शिक्षण पेशामा नै आबद्ध भएका, परिवार पाल्ने जागिर खाने व्यापार व्यवसाय गर्ने तरिका समान नै रहेको बताउनुभयो ।

चिनियाँ विद्यार्थी फेलिक्सले नेपाली विद्यार्थी साह्रै मिजासिला र सहयोगी भएको भएको बताउनुभयो ।

चिनियाँ शिक्षक र विद्यार्थीले विभिन्न विद्यालयमा गएर चित्रकला, पेन्टिङ, पेपर क्राफ्ट आदि सिकाउनुको साथै नेपालको शिक्षण विधि, संस्कृति, रीतिरिवाजबारे जानकारी लिने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com