सन् २०२२ कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ नेपालीहरुलाई लैजाने प्रस्ताव


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

सन् २०२२ मा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ धेरै संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव कतारले गरेको छ ।
मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् ।
त्यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका छन् ।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए ।
राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com