एउटा मान्छेको ज्यान लिएको बदला ३०० गोही मारियो


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

यहाँको एक गाउँका बासिन्दाले करिब ३०० गोहीको ज्यान लिएका छन् । गोहीको आक्रमणबाट एकजनाको ज्यान गएपछि गाउँलेले ३०० वटा गोहीको ज्यान लिएका हुन् ।

यो घटना इन्डोनेशियाको पश्चिमी पपुआस्थित सोरोङ्ग जिल्लाम भएको हो । अन्तारा एजेन्सीले यो घटनाको केही तस्बिर र भिडियो पनि सार्वजनिक गरेको छ । यी फोटो भिडियोमा मारिएका गोहीको विशाल थुप्रो देखिएको छ ।

पश्चिम पापुआमा इन्डोनेशियाको प्राकृतिक स्रोत संरक्षण एजेन्सीका प्रमुख बासर मनुलाङ्गका अनुसार केही दिनअघि ४८ वर्षीय एक व्यक्तिको गोहीले टोकेर ज्यान गएको थियो । खाना दिनका लागि गोहीको प्रजनन केन्द्रमा छिरेका बेला उनीमाथि आक्रमण भएको थियो । त्यही बेला गोहीको समूहले उनीमाथि आक्रमण गर्दा ज्यान गएको थियो ।

मृतकको अन्तिम संस्कारपछि गाउँका कयौँ मानिस रिसाएका थिए । उनीहरुले हातमा चक्कु, तरवार र लाठी लिएर गोहीको प्रजनन केन्द्रमा पसेका थिए । त्यसपछि उनीहरुले त्यहाँका सबै गोहीको ज्यान लिएका समाचार गार्जियनले छापेको छ।

समाचार अनुसार जम्ममा २९२ गोही मारियो । मारेपछि उनीहरुले गोहीका सबै शरिरलाई एक ठाउँमा थुपारेका थिए । यस घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ जहाँ गाउँले हाँस्दै कुरा गरिरहेका छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com