विश्वकप फुटवल : कसकसले पाए गाेल्डेन बल, बुट, र ग्लाेब्स ?


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

रसियामा सम्पन्न २१ अाैँ संस्करणकाे विश्वकप फुटवल प्रतियाेगितामा फ्रान्स विश्व च्याम्पियन बनेकाे छ। अाइतबार भएकाे फाइनलमा क्राेयशियालार्इ ४-२ गाेलअन्तरले पराजित गर्दे फ्रान्स दाेस्राेपटक विश्व च्याम्पियन बनेकाे हाे ।

क्रोएशियाका कप्तान लुका मोडरिचले रुस विश्वकपको गोल्डन बल अवार्ड जितेका छन् भने प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी फ्रान्सका १९ वर्षीय केलियन एम्बाप्पे घोषित भएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर बन्दै बेल्जियमका गोलकिपर थिवाउट कार्टिजले गोल्डन ग्लोव प्राप्त गरेका छन् । इङ्गल्याण्डका ह्यारी केनले गाेल्डेन बुट प्राप्त गरेका छन् । उनले ६ गाेल गरेका थिए ।

फेयर प्ले अवार्ड स्पेनले हात पारेकाे छ ।

   

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com