यी हुन् विश्वकप २०१८ मा ८ देखि ३८ मिलियन अमेरिकी डलर जित्ने देश, कोही फर्केनन् खाली हात


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

आइतबारको विश्वकप फाइनलमा फ्रान्स विश्वविजेता बन्न सफल भयो । यसको अर्थ फ्रान्सले पुरस्कारका रुपमा ३८ मिलियन अमेरिकी डलर जितेको छ । यो रकम फ्रान्सको नेशनल फिफा फेडेरेशनमा जानेछ, त्यसपछि कुन खेलाडीले कति पाउने भन्ने टुंगो लगाइनेछ ।

विश्वकपमा दोश्रो स्थानमा बनाउन सफल क्रोएशियाले पनि नगद पुरस्कारका रुपमा २८ मिलियन डलर जितेको छ । तेश्रो स्थान बनाउन सफल बेल्जियमले पनि २४ मिलियन डलर जितेको छ । त्यस्तै चौथो स्थान बनाउन सफल इंग्ल्याण्डले २२ मिलियन डलर जितेको छ ।

क्वाटरफाइनलसम्म पुगेका उरुग्वे, रसिया, स्वीडेन र ब्राजिलले पनि सोह्र सोह्र मिलियन डलर पाएका छन् । त्यो बाहेक नक आउट राउण्डसम्म पुगेका अन्य देशहरुले पनि बाह्र बाह्र मिलियन डलर पाएका छन् । समुह चरणबाटै बाहिरिने देशहरुले समेत आठ आठ मिलियन डलर पाएका छन् । साथमा तयारी खर्चका रुपमा उनीहरुले डेढ डेढ मिलियन डलर समेत पाएका छन् ।

सन् २०१८ को विश्वकपका लागि फिफाको फण्ड ७९१ मिलियन डलर रहेको थियो । जुन सन् २०१४ को भन्दा ४० प्रतिशतले बढी हो । कुल रकम मध्ये ४ मिलियन पुरस्कारका रुपमा प्रदान गरिएको छ । जुन अघिल्लो विश्वकपका तुलनामा १२ प्रतिशतले बढी हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com