अमेरिकामा पहिलो रामकृष्ण ढकाल साँझ, कार्यक्रम जुलाई २८ मा न्युयोर्कमा


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

आगामी जुलाई २८ मा अमेरिकाको न्युयोर्कमा पहिलो पटक ढकाल सुमधुर साँझका नाममा पहिलो रामकृष्ण ढकाल साँझ हुने भएको छ । ढकाल सुमधुर साँझ लाइभ व्याण्डका साथमा हुन लागेको हो ।

मितेरी गु्रपको हिमालयन इभेन्टको प्रस्तुति रहेको ढकाल सुमधुर साँझमा रामकृष्ण ढकालका चर्चित गीतहरु लाइभ सुन्न सकिने भएको छ । गुल्सन टेरेसमा बेलुकी ७ बजेदेखि हुने कार्यक्रमको टिकट दर ४० डलर रहेको छ ।

ढकाल सुमधुर साँझमा न्युच्छे नारायण ढंगोल , शिशिर श्रेष्ठ सुशील विश्वकर्मा, प्रमोद उपाध्याय, विष्णु सुनार र डेविड सुरावी ढकालको लाइभ म्युजिकमा रामकृष्ण ढकालले गाउनेछन् । कार्यक्रममा सहभागी भएर भरपूर मनोरञ्जन लिन आयोजक समितिका सदस्य अभय ढुङगेलले सबैलाई अनुरोध गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com