बोष्टनमा अञ्जु पन्त एकल साँझ


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

चर्चित गायिका अञ्जु पन्तले अमेरिकाको बोष्टनमा एकल साँझ गर्ने भएकी छिन् । हिमालयन हेरिटेज कल्चर एकेडेमीले अञ्जु पन्त एकल साँझ बोस्टन प्रस्तुत गर्न लागेको हो ।

आगामी जुलाई २२ मा हुने उक्त लाइभ कन्सर्टमा अञ्जुले आफ्ना चर्चित गीत दर्शकहरुलाई लाइभ गाएर सुनाउने भएकी छिन् । ७ मोडफोर्ड स्ट्रीट आर्लिंटनमा रहेको रिजेन्ट थिएटरमा बेलुकी साढे ६ बजेबाट कन्सर्ट सुरु हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि पहिले टिकट लिनेहरुले २५ डलर र ढोकामा लिनेहरुले ३० डलर तिर्नुपर्नेछ । थप जानकारीका लागि सुरेश वाग्लेलाई ७८१ ४३७ २१८१ मा सम्पर्क गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com