उपत्यकाका तीन जिल्लामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

ट्रिपरका कारण उपत्यका तीन जिल्लामा दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको छ ।
दुर्घटना बढेपछि उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको हो ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको छ ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम तत्काल कार्यान्वय गर्ने गरी निर्देशन दिएको जानकारी दिए ।

‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल जारी छ’, उनले भने । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com