बेल्जियमलाई पराजित गर्दै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, पेरिसमा उत्सव


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

सामुएल उमटिटीले खेलको ५० औं मिनेटमा बेल्जियमबिरुद्ध हेडर गोल गोल गरेका थिए । त्यही नै निर्णायक गोल बन्न सफल भयो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए ।

फ्रान्सको विश्वकपमा यो तेस्रो फाइनल प्रवेश हो । सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

विश्वकपको फाइनलमा प्रवेश गरेसँगै अब भोलि हुने सेमिफाइनल खेलको विजेतासँग फ्रान्सले फाइनल खेल्नेछ । अब बेल्जियम भने भोलि हुने खेलमा पराजित हुने देशसँग तेश्रो स्थानका लागि खेल्नेछ ।

फ्रान्स विश्वकपको फाइनलमा पुगेपछि पेरिसमा उत्सव मनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com