फ्रान्सलाई ३१ औं पटक हराउने बेल्जियमको दाउ ! विश्वकप सेमिफाइनल : बेल्जियम र फ्रान्स भिड्दै


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

रसियामा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ।

पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन्।े खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ।

क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ।

एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो। उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ। सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ।

यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन्। जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ। १९ खेल बराबरीमा टुंगिएका छन्। दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् ।

पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो। फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ ।

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन्। इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com