मेक्सिकोमा ओब्रेडोरको राष्ट्रपति पदमा भएको जीत के साँच्चैको बामपन्थको जीत हो ?


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

ल्याटिन अमेरिकी देश मेक्सिकोमा हालै सम्पन्न राष्ट्रपति चुनावमा बामपन्थी उमेद्वार आन्द्रेस म्यानुएल लोपेज ओब्रेडोरले स्पष्ट बहुमत हासिल गरे ।

चुनाव जितेपछि ओब्रेडोरले मेक्सिकोमा ठूलो परिवर्तन ल्याउने बाचा गरेका छन् । यो सँगै संसारभर ओब्रेडोरले ल्याउनसक्ने बदलाबको चर्चा भइरहेको छ ।

मेक्सिकोमा पहिलो पटक वामपन्थी उमेद्वारले राष्ट्रपति बन्ने मौका पाएको छ । संसारभर दक्षिणपन्थी हावा चलिरहेको बेला मेक्सिकोमा बामपन्थीको जादू चल्नुको कारण के हो ?

को हुन् ओब्रेडोर ?
आन्द्रेज म्यानुएल लोपेज ओब्रेडोरलाई मानिसहरु उनको नामहरुका पहिला अक्षरहरु जोडेर अम्लो भनेर चिन्छन् ।

यस अघिका दुई राष्ट्रपतीय निर्वाचनमा हार मानिसकेका ओब्रेडोरले यो पटक ५३.८% भोट हासिल गरेर चुनाव जिते ।

६४ वर्षका ओब्राडोरको लोकप्रियता उनको निकटतम प्रतिद्वन्दीले २२.८% मात्र भोट ल्याएबाट पनि अन्दाज लगाउन सकिन्छ ।

ओब्रेडोरको जीत मेक्सिकोको लागि कयैन अर्थमा विशेष छ । ७० वर्षसम्म यहाँ जम्मा दुई पार्टीको दबदबा रह्यो । कहिले रुढीवादी नेशनल एक्सन पार्टीको शासन रह्यो त कहिले इन्स्टिट्यूशनल रिभलूशनी पार्टीको रह्यो । तर यो पटक बामपन्थी नेशनल रिजेनेरेशन मुभमेन्टी पार्टीको नेतृत्वमा रहेको तीन पार्टीको गठबन्धनको उमेद्वार ओब्रेडोरले यो सिलसिल तोडिदिए ।

ल्याटिन अमेरिकी देश ब्राजिलको साओ पाउलोमा रहेका वरिष्ठ पत्रकार शोभन सक्सेनाले ओब्रेडोरको जीत अप्रत्यासित नभएको बताए ।

ओब्रेडोरलाई भारी जनसमर्थन मिल्नुको कारणबारे बोल्दै सक्सेना भन्छन् ,“ मेक्सिकोमा भ्रष्टाचार निक्कै ज्यादा छ । ड्रग्सको समस्या पनि गम्भिर छ । ड्रग्समाथि युद्धको नाममा लाखौं मानिसहरु मारिईसकेका छन् । त्यहाँको जनता त्यहाँको स्थापित पार्टिसँग दिक्क भइसकेको थिए । भ्रष्टचार र ड्रग्सको समस्यालाई लिएर केही काम गरिएको थिएन । यस्तोमा यो पटक अम्लोले मानिसहरुलाई उनको नीति बाँकी पार्टीभन्दा अलग हुनेछ भनेर विश्वास दिलाए । मानिसहरुले अम्लोलाई विश्वास गरे र उनलाई जिताए ।”

ओब्रेडोरको व्यक्तित्व
ओब्रेडोरलाई मानिसहरुले उनको वाचाका कारण वा अघिल्लो सरकारसँग वाक्कदिक्क भएर मात्र छानेका होइनन् ।

शोभन सक्सेनाका अनुसार ओब्रेडोर लामो समयदेखि समाजसेवामा सक्रिय छन् । यसका साथै उनको पहिचान एक राम्रो प्रशासक र बुद्धिजीवीको पनि रहेको छ ।
ओब्रेडोरको व्यक्तित्वको बारेमा शोभन सक्सेना भन्छन्,“ओब्रेडोर लामो समयदेखिका अभियन्ता हुन् । मेक्सिकोको ग्रामिण क्षेत्रमा उनले धेरै काम गरेका छन् । उनी राजनेतामात्र हौइनन् , एक राम्रो लेखक पनि हुन् । उनले १४ किताब लेखिसकेका छन् ।”

“अम्लो बुद्धिजीवी पनि हुन् । नेता पनि हुन् । समाजसेवी पनि हुन साथसाथै लेखक पनि हुन् । उनको छवि राम्रो रह्यो । जब उनी देशको राजधानी मेक्सिको सहरको मेयर थिए तब उनले गरेको कामको सबैले प्रशंसा गरे । ल्याटिन अमेरिकामा मेयरको पदमा निक्कै महत्वपूर्ण हुन्छ । यस्तोमा उनको इतिहास हेरेर नै मानिसहरुले यो पालि उनलाई निर्वाचित गर्ने फैलसा गरे ।”

के यो बामपन्थीको जीत हो ?
मध्य दक्षिणपन्थी पार्टीबाट राजनीति शुरु गरेका ओब्रेडोर सन् २००२ मा बामपन्थीसँग जोडिएका थिए । यो पटकको निर्वाचनमा उनले आफूलाई सत्ता विरोधीको रुपमा प्रस्तुत गरे । यसका लागि उनले हालसम्म देशमा सत्तारुढ रहेका पार्टीहरुलाई माफिया घोषित गरिदिए ।

उनले एकदम वामपन्थी र जनवादी नीतिहरुको प्रचार गरे र यसलाई भरपुर समर्थन पनि मिल्यो । सम्पूर्ण संसारमा उनको जीतलाई मेक्सिकोमा वामपन्थी राजनीतिको उदयको रुपमा पनि हेरिदैछ । तर अन्तराष्ट्रिय मुद्धाका जानकारहरुको भने यसलाई बामपन्थको जन्म सँगसँगै पुनरजन्म पनि भन्न सकिने बताए ।

जेएनूका पूर्व प्रोफेसर तथा अन्तराष्ट्रिय मुद्धाहरुलाई नजिकबाट ध्यान दिने पुष्पेश पन्तको पनि यस्तै विचार रहेको छ । “वामपन्थी राजनीतिको उदय भइरहेको भन्ने निष्कर्ष निकाल्नु तर्कसंगत छ । तथापी यसलाई पुनरजन्म पनि भन्न सकिन्छ । किनकी मेक्सिकोमा पहिलो पटक सत्तारुढ भएको भए पनि ल्याटिन अमेरिकामा क्रान्तिको पुरानो परम्परा रहेको छ । हुनत कत्ति नाम मात्रको वामपन्थी भएको भए पनि तिनको उदेश्य वामपन्थी देखिन्छ  ।”

“जब सम्म भेनेजुयलामा ह्युगो चाभेज थिए, तबसम्म त्यो साम्यवाद र समाजवादको गढ थियो । अझ समाजवादको एक मात्र गढ जस्तो लाग्थ्यो । किनकी चीनले समेत धेरै थोरै पूँजीवादको बाटो अंगालिसकेको अवस्था थियो त्यो । भेनेजुयला पछि मेक्सिकोमा वामपन्थीको उदयले भूमण्डीकरणप्रतिको वितृष्णालाई देखाउँछ । साथै डोनाल्ड ट्रम्पको अंहकार र केही अपमानजनक नीतिहरुको पनि यसमा प्रभाव रह्यो । यो अवस्थामा देशप्रेमको भावना पनि उठेर आँउछ । ठिक त्यसरी नै जसरी भियतनामको युद्धमा वामपन्थी र देशप्रेमको मिश्रण अगाडी आएको थियो ।”

मेक्सिकोमा वामपन्थीलाई प्राप्त समर्थनको पछाडी पुष्पेष पन्तले अर्को एक कारणको पनि उल्लेख गरे । उनी भन्छन् ,“मानिसहरुलाई त्यहाँ कायम भ्रष्टाचार वामपन्थी पार्टीले नै कम गर्न सक्छ भन्ने परेको छ । मानिसहरुको भ्रम पनि हुन सक्छ । तर उनीहरुले अरुलाई जाँचेर हेरिसकेकाले वामपन्थीहरु यो मुद्धामा केही असल छन् कि भन्ने उनीहरुलाई लागेको हुनु पर्छ ।”

तथापी उनलाई यस जीतले समाजावादको दिन गइसक्यो ,पूँजीवादको जित भइसक्यो भन्नेहरुको लागि वामपन्थी ओब्रेडोरको विजयले सबक दिएको मान्छन् ।

एशिया र युरोपको भन्दा फरक मेक्सिकोको वामपन्थ
वरिष्ठ पत्रकार शोभन सक्सेनाले मेक्सिकोको बामपन्थ एशिया या युरोपको भन्दा फरक रहेको बताए ।

“केही मानिसहरु ओब्रेडोरको तुलना भेनेजुयलाको पूर्व राष्ट्रपति तथा कट्टर वामपन्थी चाभेजसँग गरिरहेका छन् । जवकी कोही उनलाई ब्राजिलको पूर्व राष्ट्रपति लूलासँग गरिरहेका छन् जसले वामपन्थी भएर पनि बीचको बाटो अँगाले ,” सक्सेनाले भने, “ल्याटिन अमेरिकाको वामपन्थ चीन या विगतको रुसको वामपन्थ भन्दा अलग छ । यहाँको वामपन्थ चर्चबाट प्रभावित छ । यहाँका मानिसहरुमा गरिब र पछाडी परेका मानिसहरुलाई कसरी मद्दत वा सेवा गर्नुपर्छ भन्ने भावना चर्चले विकास गरिदिएको छ । ”
त्यसो भए बाँकी विश्वमा दक्षिणपन्थी राजनीतिले जनसमर्थन पाइरहदाँ मेक्सिकोमा वामपन्थीले जनसमर्थन पाउनुको कारण के हो ? यसमा जेएनयूका पूर्व प्रोफेसर पुष्पेश पन्तलाई मेक्सिकोको तुलना बाँकी देशहरुसँग गर्न मिल्दैन लाग्छ ।

उनी भन्छन् ,“ख्याल गर्नु पर्ने कुरा यहाँ पूर्व र पश्चिमको मात्र विभाजन होइन उत्तर र दक्षिणको पनि अन्तर छ । यहाँ धनी र गरिबबीचमा पनि ठूलो अन्तर छ । मेक्सिको पूँजीवादी संसारमा निर्भर देश हो भन्ने बिर्सन हुन्न । उ पुँजीवादी संसारको हिस्सा हो । त्यहाँ विकास पनि भएको छ । तर उ आदीवासीको जग भएको बलियो घरमा उभिएको छ ।”
“भारतमा दक्षिणपन्थीको उदय अलग कारणले भएको हो । तपाई यसमा सहमत नहुन सक्नुहुन्छ तर भारतमा रहेको जात अनुरुप भोट लोभ्याउने सस्कृती विरुद्ध उठ्यो । त्यस्तै गोरा मुलुकहरुमा भने अश्वेत मानिसहरु प्रति रहेको दुर्भावानको कारण दक्षिणपन्थलाई कुनै न कुनै हिसाबमा एकजुट गरायो । त्यहाँको दक्षिणपन्थ नश्लावादको कारण उठेको हो । यस्तोमा अन्य ठाँँउको अवस्था मेक्सिकोमा भन्दा अलग रहेको छ ।”

ओब्रेडोर अघि रहेका चुनौतीहरु
एका तर्फ ओब्रेडोरलाई व्यापाक जनसमर्थन हासिल भएको छ भने अर्कातर्फ उनको विरोधीहरुमा उनको नीतिहरुलाई लिएर चिन्ता छाएको छ । उनीहरुलाई ओब्रेडोरको वामपन्थी र पपुलिस्ट नीतिहरुले मेक्सिकोलाई भेनेजुयलाको बाटोमा लिएर जान्छकी भन्ने चिन्ता छ ।

चाभेजको समयमा ल्याटिन अमेरिकाको सबैभन्दा सम्पन्न राष्ट्र रहेको भेनेजुयला आफ्नो मुख्य आयस्रोत तेलको मुल्यमा कमि आएपछि आजको दिनमा महंगाई र आर्थिक संकटसँग जुधिरहेको छ ।
तर पुष्पेश पन्त भने ओब्रेडोरको अगाडी अर्कै परिक्षा भएको मान्छन् ।

उनी भन्छन् ,“ल्याटिन अमेरिकामा मेक्सिको दोश्रो सबैभन्दा ठूलो देश हो । उ पूरानो सास्कृतिक धरोहर हो । आजसम्मको सरकार मध्यमार्गी थिए । उनीहरु जे थियो त्यसैलाई टालटुल गरिरहेका थिए । तर ओब्रेडोर जानिबुझि आँधिमा हिडिरहेका छन् । उनी आफूलाई वार कि पार गराउने पात्रको रुपमा देखाइरहेका छन् । तर उनी ट्रम्पको अमेरिकासँग पुटिनले जसरी आँखा जुधाएर अघि बढ्न सक्छन् भन्ने प्रश्न उठ्छ । ध्यान दिनुपर्ने कुरा मेक्सिको न त रुस हो न क्यूबा । क्युबासँग क्यास्ट्रो जस्तो जुन मिथकीय व्यक्तित्व थियो मेक्सिकोसँग त्यस्तो व्यक्तित्व छैन । लेब्रोडोर पनि त्यो व्यक्तित्व होइनन् । उनीमाथि रहेको धेरै आशाले उनलाई असफल बनाउन सक्छ ।”

के ओब्रेडोर सफल हुन्छन् ?
ओब्रेडोरले चुनाव प्रचार अभियानको दौरान तीन प्रमुख वाचा गरेका थिए –भ्रष्टचारलाई अन्त्य गर्ने, ड्रग्सको समस्यालाई समाधान गर्ने र देशको आर्थिक वृद्धी उच्च बनाउने ।
यसको साथै उनको काँधमा अमेरिकासँग बिग्रिएको सम्बन्ध सुधार्ने जिम्मेबारी पनि छ । उनले यी समस्याहरुको समाधानको लागि पहिलेका सरकारभन्दा अलग बाटो लिने बताएका छन् । यस्तोमा उनले कुन बाटो अपनाउने छन् र उनी त्यसमा सफल हुन्छन् हुदैनन् भन्ने प्रश्न अहिले मेक्सिकोमा जताततै चर्चामा छ ।

पत्रकार शोभन सक्सेना भन्छन् ,“मेक्सिको सिटीका मेयरको रुपमा ओब्रेडोरको रेकर्ड हेर्ने हो भने उनले भ्रष्टचार कम गराएको देखिन्छ । तर भ्रष्टाचार हरेक देशको समस्या हुने गर्छ । यसलाई प्रणालीबाट बाहिर निकाल्न सजिलो हुदैन । यो पटक तीन चुनाब एक साथ भयो । धेरै मानिसहरु पहिलो पटक राजनीतिमा आएका छन् । मेक्सिकोमा परिवर्तन भएकाले भ्रष्टचारमा नियन्त्रण लगाउन सकिन्छ भनेर आशा बढेको छ ।”

ड्रग्सको समस्याबारे पुनः शोभन भन्छन् ,“ वार अन ड्रग्सको कुरा गर्ने हो भने यसमा मेक्सिको एक्लैले केही गर्न सक्दैन । यो ल्याटिन अमेरिकाको साझा समस्या हो । अमेरिकाले सहयोग नगरेसम्म यसमा केही हुदैन । सन् १९७४ मा रिचर्ड निक्सनले यो अभियान शुरु गरेका थिए । ड्रग्स बेचबिखनको नियन्त्रण गर्नको लागि भएको युद्धमा पछिल्लो ११ वर्षमा मेक्सिको भित्र २ लाख मानिसहरुको ज्यान गुमाइसके । यो त्यहाँको गम्भिर समस्या बनिसकेको छ । मानिसहरु निक्कै निराश छन् । ओब्रेडोरले यस दिशामा पनि काम गर्लान , त्यो अवस्थामा मानिसहरुको सहयोग उनलाई हुनेछ । तर ड्रग्स कार्टेल पनि बलियो छ । यस्तोमा सरकार र ड्रग्स गिरोह बीच भिषण संघर्ष हुने वाला छ । हुनत ओब्रेडोरले फरक तरिका अपनाउने कुरा गरेका छन् तर त्यो कति सफल हुन्छ भन्ने कुरा समयले नै बताउनेछ ।”

कस्तो रहदा अम्लोको अमेरिकासँगको सम्बन्ध 
लोपेजको अघि कयैन चुनौतीहरु छन् । उनलाई आफ्नो देशको आर्थिक विषमतासँग जुध्नु पर्छ । गरिबीसँग लडाई लड्नु हुन्छ । भ्रष्टाचारसँग संघर्ष गर्नु पर्नेछ । साथै ड्रग्सविरुद्ध युद्ध गर्नुपर्नेछ । यति मात्रै होइन । जानकारहरुलाई विश्वास गर्ने हो भने अमेरिकाले वामपन्थी ओब्रेडोरमाथि दबाब हाल्ने कोसिस गर्नेछ ।

देशको यति धेरै समस्याहरुसँग जुधि रहदाँ ओब्रेडोर बाहिरी दबाबसँग कसरी संघर्ष गर्नेछन् । यही कुरामा उनको साँचो परीक्षा हुनेछ ।

पत्रकार शोभन सक्सेना भन्छन् ,“राजनैतिक दृष्टिबाट हेर्ने हो भने ट्रम्प र ओब्रेडोरमा कुनै समानता छैन । तर जीत पछि ट्रम्पले ओब्रेडोरलाई फोन गरेर बधाई दिइसकेका छन् । साथै उनीहरुले दुबै देशको सम्बन्धलाई कसरी सुधार गर्ने भन्ने विषयमा आधा घण्टासम्म फोन वार्ता गरे । मेरो नजरमा दुबै नेतामा दृढ इच्छाशक्ति देखिन्छ । दुबै आफ्नो देशको बारेमा चिन्ता ब्यक्त गर्छन् । यस्तोमा बाँकी मामलाहरुमा पनि उनीहरु काम गर्न सक्छन् । तर मेक्सिकनको अमेरिका बसाईसराई लाई लिएर थोरै मतभत आउन सक्छ । तथापी दुबै मिलेर यी समस्याहरुको समाधान गर्ने कोशिश गर्न सम्भव छ ।”

Ratopati 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com