१३ वर्षकी बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, ३ जना पक्राउ


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो पक्राउ परेका हुन् ।   उनीहरुले बालिकालाई वैशाख २४ गते मध्यरातमा अपहरण गरेर सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने स्थानमा बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।

अपहरित बालिकालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी्) र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा असार २७ गते वीरगंज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा उद्दार गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले असार २९ गते विभिन्न स्थानहरुबाट तीनै जना आरोपीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर कारवाही बढाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com