अमेरिकाको जन्मदिनको पूर्वसन्ध्यामा अध्यागमनका ओबामाकालिन २४ निर्देशिका खारेज


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले अध्यागमनबारेका कैयन पूराना निर्देशिकाहरु आउटडेटेड र अनावश्यक रहेको भन्दै खारेज गरिदिएका छन् । जसमा एसायली र रिफ्युजीहरुलाई काम गर्ने अधिकारबारे रोजगारदाताले जान्नुपर्ने नियम लगायत रहेका छन् । त्यस्तै अर्को एउटा निर्देशिका कसरी अध्यागमन सम्बन्धि रोजगारको विभेद हटाउने भन्ने सन्दर्भको रहेको छ ।

मंगलबार जेफ सेसनले आप्रवासीमैत्री कैयन निर्देशिकाहरु मौजुदा कानुनसँग बाझिएको भन्दै फिर्ता लिएको घोषणा गरेका हुन् ।

कलेजमा विद्यार्थी भर्नाका सन्दर्भमा जारी ओबामाकालिन एउटा निर्देशिका खारेज गरे लगत्तै सेसनले अध्यागमनबारेका डिपार्टमेन्ट अफ जस्टिससम्बद्ध कैयन निर्देशिकाहरु खारेज गरिदिएका हुन् ।

मुलुकको जन्मदिनको पूर्वसन्ध्यामा सेसनले यस्ता २४ वटा निर्देशिकाहरु खारेज गरिदिएका हुन् । निर्देशिकाको खारेजीले अमेरिकाको अध्यागमन कानुनमा खास असर नगरेपनि अँग्रेजी नजान्नेहरुका सन्दर्भमा लगायतका कैयन विषयमा भने प्रभाव पर्नेछ ।

ओबामाकालिन कैयन निर्देशिकाहरु खारेज गर्नुका साथै सेसनले अध्यागमनका क्षेत्रमा पनि कैयन बदलावका प्रयासहरु गरिरहेका छन् । सेसनकै निर्देशन र निगरानीमा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलम फाइल गर्न नदिने नियमको समेत तयारी भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com