जालसाजी गरेर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न टास्क फोर्स


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले जालसाजी गरेर अमेरिकी नागरिकता लिनेहरुको नागरिकता खोस्न टास्क फोर्स बनाउन लागेको छ । निर्देशक एल फ्रान्सिस सिसेनाले गरेको घोषणा अनुशार यस्तो टास्क फोर्स बनाइन लागेको हो । जालसाजी गरेर लिइएका नागरिकताहरु खारेज गरेर त्यस्ता व्यक्तिलाई कालान्तरमा देशनिकाला गरिनेछ ।

 

जालसाजी गरेर अमेरिकी नागरिकता लिएकाहरुबारे पत्ता लगाउन युएससीआईएसले अबको केही सातामा दर्जनौं वकिलहरु र अध्यागमन अधिकृतहरु नियुक्त गर्ने अपेक्षा गरिएको छ । युएससीआईएसकी पूर्व प्रमुख वकिल उर जददउले झण्डै २५ सय केसहरु पुनरावलोकनको प्रकृयामा रहेको बताएकी छिन् ।

 

सुन्नुहोस् उनीसँगको कुराकानीको अडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com