स्वीट्जरल्याण्डलाई हराउँदै २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्वीडेन


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ ।

सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो हाफमा पनि नतिजा आफ्नो पक्षमा पार्न आतुर थिए ।

तर, खेलको ६६ औं मिनेटमा स्वेडनका फोर्सबर्गले प्रहार गरेको बल स्वीट्जरल्याण्डका खेलाडीको खुट्टामा छुँदै गोल भएपछि स्वेडनले एक शून्यको अग्रता लिएको थियो ।

त्यसपछि पनि गोलका लागि निकै सुन्दर प्रहार गरेपनि स्वेडनले गोल भने गर्न सकेन ।

उता, स्वीट्जरल्याण्डले खेलमा आफ्नो कौशल भने प्रस्तुत गरेको थियो ।

निकै आक्रामक खेलेको स्वीट्जरल्याण्डले प्रहार गरेका सुन्दर बल स्वेडनका किपरले रोक्दा ६४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने स्वीट्जरल्याण्डको लक्ष्यमा स्वेडनले १-०को लगाम लगाएको थियो ।

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।

बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै प्रयासमा स्वीडेनका गोलकिपर बाधक बने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com