नेपालमा उच्च शिक्षाका लागि डायस्पोराको भूमिका विषयक सम्मेलन टोरन्टोमा


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

मुलुक भित्र रहेकाहरुले मात्रै देस बिकाश मा सहभागिता तथा सहयोग गर्न सक्छ भन्ने सोच वर्तमान सूचना प्रबिधि को सुविधाले मान्यता नराख्न सक्छ। संसार का विभिन्न मुलुकहरुमा बिभिन्न पेशा गरि नेपाल को नाम उच्च राख्न सफल धेरै व्यक्तिहरु ले नेपालको विकास मा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने जिज्ञाशा राखेका हुन्छन।

नेपाल भित्र र नेपाल बाहिर रहेका अधिकांश व्यक्तिहरु ले नेपालको विकास मा आर्थिक लगानी मात्रै मुल्याबन हो भन्ने मानसिकता लाई त्यागी अन्य छेत्र बाट पनि सहयोग गर्न सकिने छ भन्ने ज्योलंत उदहारण धेरै दिन सकिन्छ। संसार मा ठुलो नाम चलेका बिश्वो-बिधालय, अनुशन्धान तथा परामर्श केन्द्र मा कार्यरत धेरै नेपालीमूल का व्यक्तिहरु ज्ञान तथा अनुशन्धान बाट अन्य मुलुकका सरकारी तथा गैर-सरकारी समुह लाई ठुलो सहयोग पुर्याई रहेका छन् ।

यसै सन्धर्भ मा क्यानडा को टोरोन्टो सहर मा यही आउदो जुलाई सात र आठ दुई दिन माथि उल्लेखित मुल बिषय लाई लिएर गैर आबासिय नेपालीहरु मा उच्च स्थान राख्न सफल युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा का सहभागिहरु बाट नेपाली डायोस्परा अन्तरास्ट्रिय सम्मेलन हुदै छ। नेपाल को उच्च शिक्षा मा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने मूल उदेश्य यो सम्मेलनको हुने छ।

सहभागीहरु ले नेपालको उच्च शिक्षा का बिबिध छेत्र जस्तै नेपालमा वर्तमान शिक्षा को अवस्था, उच्च शिक्षा र आर्थिक बिकाश, शिक्षा मा नया प्रबिधि को प्रयोग, शोध तथा अनुशन्धानात्मक शिक्षा, उच्च शिक्षामा अन्तरास्ट्रियकारण (बिदेशी बिश्वोबिधालय संग सहकार्य), खुल्ला तथा दूर शिक्षा पद्धती को प्रयोग, तथा नेपालको उच्च शिक्षा मा गैर नेपालीहरुको सहभागिता बिषय मा बिभिन्न शोध-पत्र प्रस्तुत गरिने छ। कार्यक्रमको अन्त्य मा टोरोन्टो घोषणा-पत्र प्रकाशित गरिने छ। कार्यक्रमको बिस्तृत जानकारी यो वेब-साइट बाट लिन सकिने छ ।

https://canpec.org/

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com