अस्ट्रेलियाका झन्डै सात लाख विद्यार्थीहरुको नेतृत्वमा पुन सापकोटा निर्वाचित , ताम्राकारले दिए बधाई


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

अस्ट्रेलियाका झन्डै सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाको राष्ट्रिय सम्मेलनले विजय सापकोटालाई अर्को एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । उत्तरपूर्वी सुन्दर सहर क्रेन्समा आयोजित सम्मेलनले विजयलाई नै नेतृत्वमा चुनेको हो ।

उनी अस्ट्रेलियाका विश्वविद्यालयमा नेतृत्वतहमा स्थापित एक मात्र नेपाली विद्यार्थी हुन् । मंगलबार राति संस्थाको अध्यक्षमा सापकोटा पुनः निर्वाचित भएपछि बुधबार बिहानैदेखि उनलाई यहाँका सरकारी अधिकारीहरुले बधाई ज्ञापन गर्न थालेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका युवा संयोजक धर्मराज अधिकारीले पनि बुधबार बिहान टेलिफोन गरेर सापकोटालाई बधाई दिए । उनले भने, ‘शिशाको अध्यक्षमा निर्विरोध निर्वाचित भएर अस्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीको अधिकारका पक्षमा नेतृत्वदायी काम गर्ने अर्को अवसर पाएकोमा विजय सापकोटालाइ बधाई छ । यो यहाँका सबै नेपाली युवाको समेत गौरवको विषय हो । कार्यकाल सफलताको शुभकामना ।’

हरेक वर्ष नयाँ नेतृत्वसमेत चयन हुने भएकाले पनि सम्मेलन फरक भएको नवनिर्वाचित अध्यक्ष विजय सापकोटाले बताए ।

अस्ट्रेलियाका बिभिन्न राज्यका शिक्षालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका झन्डै डेढ सय नेता, दर्जनौं विद्वान, व्यवसायी र सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी थिए ।

सम्मेलनको मुख्य नारा ‘ओभर कमिङ्ग ब्यारियर्स’ अर्थात ‘तगाराहरु पन्छ्याउँदा’ थियो । सम्मेलनका बिभिन्न सत्रहरूमा शिक्षा क्षेत्रका अवरोध र त्यसलाई हटाउने उपायबारे बहस भएको थियो । नेपाली आप्रवासन तथा शिक्षा सम्बन्धी परामर्शदाता शम्भु कँडेलले पनि उक्त सम्मेलनको सेशन प्रायोजकका रुपमा भाग लिए र आफ्ना बिचारहरु पनि राखेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य बिजय सापकोटाका प्रेस सल्लाहकार एच बि ताम्राकार हुन् । ताम्राकार नेपालबाट जापान आएर आफ्नो प्रतिभा र क्षमता अनुशार पत्रकारिता, समाज सेवा र आफ्नो पेशामा जमेका युबा हुन् ।

पुन : सिसाको अध्यक्षमा विजय निर्वाचित भएको खबर प्राप्त गरेसंगै ताम्राकारले विजयलाइ वधाई दिदै कार्यकाल सफल पार्न विशेष भुमिका खेल्नेपनि जनाएका हुन ।

पुर्बी एसिया बिसेष गरि जापानका आफ्ना गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोगको लागि ताम्राकारलाई सल्लाहकारमा राखेको सापकोटाले तत्कालीन विज्ञप्ति मार्फत सार्वजनिक पनि गरेका थिए ।

“नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरास्टियकरण गर्नु हामि सबै को कर्तब्य हो, साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो,सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु”, सापकोटाले भनेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com