ट्रम्पले विभिन्न देशलाई लगाएको अनिश्चितकालिन यात्राप्रतिबन्ध आदेश सर्बोच्चबाट सदर, यस्तो छ प्रभाव


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

मुस्लिम बाहुल्यता भएका देशहरुमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धको पछिल्लो संस्करणलाई अमेरिकाको सर्वोच्च अदालतले मंगलबार सही ठहर गरेको छ । यात्रा प्रतिबन्धकको पहिलो कार्यकारी आदेश सन् २०१७ को जनवरीमा आएपनि अनिश्चितकालिन प्रतिबन्धको पछिल्लो संस्करण डिसेम्बरबाट लागु भएको थियो ।

पछिल्लो प्रतिबन्धबाट इरान, सिरिया, यमन, लिबिया, सोमालिया, चाड र नर्थ कोरिया प्रभावित भएका थिए । ती देशका नागरिकहरुलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाइएको थियो । यद्यपी चाडलाई भने गत अप्रिलमा यात्रा प्रतिबन्धको सुचीबाट हटाइएको थियो । इराक र सुडानका नागरिकलाई पहिलेको संस्करणमा प्रतिबन्ध लगाइएपनि उनीहरुमाथिको प्रतिबन्ध पछि हटाइएको थियो । भेनेजुएलालाई सेप्टेम्बरपछि यात्रा प्रतिबन्धको सुचीमा थपेपनि त्यसबाट सरकारी अधिकारीहरुमात्र प्रभावित भएका थिए ।

यो पनि पढ्नुहोस्

विद्यार्थी भिसामा अमेरिका आउनेले अब सानो गल्तीगर्दा पनि देशनिकाला र प्रतिबन्ध

 

एकमहिनामा १२ जना नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा !

यात्रा प्रतिबन्धपछि प्रतिबन्ध लगाइएका देशहरुले अमेरिकी भिसा पाउने दरमा ह्वात्तै घटेको थियो । यो अवधिमा उत्तर कोरियाका ५ जनालाई आप्रवासी र ६९ जनालाई गैरआप्रवासी भिसा जारी गरिएको थियो । भिसा प्रतिबन्धपछि अमेरिकामा आउने शरणार्थी संख्या पनि दशकमै सबैभन्दा कम भएको छ । आर्थिक बर्ष २०१८ को पहिलो ९ महिनामा १५ हजार ७ सय ८८ जना शरणार्थीहरुले अमेरिकामा प्रवेश पाएका छन् ।

 

यात्रा प्रतिबन्धको पहिलो संस्करण २०१७ को जनवरी २७ मा घोषणा गरिएको थियो, जसको अवधि ९० दिनको थियो । जुन तुरुन्तै लागु भएपनि पछि अदालतले रोकेको थियो । दोश्रो संस्करण मार्च ६ मा घोषणा गरिएको थियो, जसको अवधि पनि ९० दिनको मात्र थियो । जसलाई सर्बोच्च अदालतले आंशिक रुपमा कार्यान्वयनको आदेश दिएको थियो ।

तर सेप्टेम्बर २४, २०१७ मा अनिश्चितकालका लागि घोषणा गरिएको यात्रा प्रतिबन्धलाई भने सर्बोच्च अदालतले सदर गरिदिएको छ । यो घोषणालाई सुरुमा अदालतले कार्यान्वयनमा रोक लगाएपनि पछि अस्थायी कार्यान्वयनको अनुमति दिएको थियो ।

सर्बोच्चको निर्णयलाई ट्रम्पले एक जबर्जस्त जीत बताएका छन् । हेर्नुहोस् भिडियो ।

यो पनि पढ्नुहोस्

८ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध भएपछि राष्ट्रपति ट्रम्पले दिए यस्तो प्रतिक्रिया

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com