गौरवको महिना जुन : न्युयोर्कको बार्षिक एलजीबीटी परेडमा लाखौं


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

जुन महिनालाई समलिंगी र तेश्रो लिंगी समुदायले विश्वभर गौरवको महिनाका रुपमा मनाउँदै आएको छ । विश्वभर जुन महिनाभर गौरवपूर्ण जुलुस र प्रदर्शनहरु भए । जसमध्ये जुन २४ मा भएको न्युयोर्कको बार्षिक एलजीबीटी प्राइड विशेष आकर्षक रह्यो ।

न्युयोर्कको म्यानहटनमा परेडका दृश्यहरु हेर्न र सहभागी हुन दशौं लाख व्यक्ति चेल्सी र ग्रिनवीच भिलेज पुगेका थिए । एलजीबीटी समुदाय र त्यसलाई समर्थन गर्नेहरुको हुलका कारण न्युयोर्कको म्यानहटन इन्द्रेणीजस्तै बन्यो । न्युयोर्कको यो परेड विश्वभरकै लागि चासोको विषय रहेको थियो । परेडमा अधिकारकर्मीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । प्रस्तुत छ परेडका केही फोटोहरु । यी फोटोहरु गेटी इमेजबाट साभार गरिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com