कुनै पनि रूख काटिदैन : मन्त्री हारदीप सिंह


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

नयाँ दिल्लीमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब १७ हजार रूखहरू काटिन लागिएको भन्ने समाचारको खण्डन गर्दै भारतीय घरजग्गा तथा शहरी मामिला राज्यमन्त्री हारदीप सिंह पुरीले सोमबार आफू पदमा रहँदासम्म यस व्यवस्थाका लागि कुनैपनि रूखलाई नकाटिने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “म (हारदीप सिंघ पुरी) मन्त्री रहँदासम्म कुनै रूख काटिने छैन । एउटा रूख कुनै उद्देश्यका लागि काटिन्छ भने यसको सट्टामा हामीले १० वटा नयाँ विरुवा रोप्ने छौँ ।”

“दक्षिण दिल्लीमा सात वटा वस्ती बसालिने तर उक्त स्थानमा हरियाली तीन गुणाले बढ्ने गरी योजना ल्याइनेछ । युवा अधिकारकर्मीहरूले दोष लगाउन अलि छिट्टै गर्नुभएको जस्तो लाग्यो ।”

यसैबीच सार्वजनिक चासोको बिषयभन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गर्नुभएका के के मिश्रले अदालतले यस विषयमा चासो राख्नुपर्ने र अन्तरिम आदेश जारी गर्नुपर्ने बताउनुभएको छ ।

दिल्लीको दक्षिणी क्षेत्रमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब २० हजार रूख काट्न लागिएको सन्दर्भमा बोल्दै महालेखापालको एक प्रतिवेदनमा दिल्लीमा नौ लाख रूखको कमी रहेको बताउनुभयो ।
उहाँले अदालतले सरकारलाई अन्तरिम आदेश जारी गरी रूख काट्ने काम रोक्नु पर्ने बताउनुभयो ।
भारतीय केन्द्रीय राजधानी नयाँ दिल्लीमा जुन २२ देखि दिल्लीका रूख जोगाउने भन्दै युवा अधिकारकर्मीको अगुवाईमा विरोध प्रदर्शन गरिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com