पुस्तकले सगरमाथा चुम्दा मुटुभित्र देश छल्कियो : राजन थपलिया


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

आफ्नो पुस्तक हण्ड्रेड पर्सेन्ट लाइफले सगरमाथाको चुचुरो चुम्दा आफू निकै भावविह्ल भएको र मुटुभित्र नेपाल छल्केको अनुभव भएको पुस्तकका लेखक राजन थपलियाले बताएका छन् । उनले भने -‘पुस्तक लेख्न बस्दा सधै मुटुभित्र नेपाललाई नै राखेर लेख्नेगर्छु । अझ पुस्तकले नै विश्वको अग्लो शिखर सगरमाथा चुम्दा आफैले चुमेको जस्तो अनुभव हुने रहेछ ।’

हालैमात्र छैठौं पटक सगरमाथा आरोहणका क्रममा आरोही आङदावा शेर्पाले थपलियाको पुस्तक सगरमाथामा लगेका थिए । विदेशमा बसेपनि आफ्नो मनमष्तिष्कमा सधै नेपाल र सगरमाथा रहेकाले पुस्तक सगरमाथामा पुग्दा आफू निकै उत्साहित भएको थपलियाले बताए ।

थपलियाले भने -‘विदेशमा रहँदैमा विदेशी भइने होइन । मन मष्तिस्कमा नेपाल बोकेपछि विश्वको जुन सुकै कुनामा रहेपनि आफूलाई नेपालकै माटोको सुगन्ध मन पर्ने रहेछ ।’

थपलियाको यो ११ औं पुस्तक हो । यो पुस्तकमा थपलियाले जीवन रुपान्तरणका टिप्सहरु दिएका छन् । राजनको १२ औं पुस्तक इन आवर कन्ट्री हालै प्रकाशित भएको थियो, जसमा उनले नेपालबारे उल्लेख गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com