विश्वकप फुटबलः आज ६ टोलीबीच कडा प्रतिप्रर्धा – कसको टक्कर कोसँग ?


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् ।

ब्राजिल र कोष्टारिका
समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १-० ले पराजित भएको थियो।

सेन्ट पिटर्सबर्ग रंगशाला

नाइजेरीया र आइसल्याण्ड
आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह ‘डी’ का नाइजेरीया र आइसल्याण्ड भिड्नेछन्। सो खेल भोल्गोग्राड रंगशालामा हुनेछ। नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २-० ले पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न आइसल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

                    भोल्गोग्राड रंगशाला 

सर्बिया र स्विजरल्याण्ड
त्यस्तै कालिनिन्गराड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह ‘इ’ का सर्बिया र स्विजरल्याण्ड आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

कालिनिन्गराड रंगशाला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com