२५ बर्षिय युवा आर्यन कार्की क्यालिफोर्नियाको सान्टारोजा शहर बाट बेपत्ता


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

गत जुन ६ तारिख बिहान ३ बजेर ४० मिनेटको बस चढनलाई सान्टारोजा शहरको ग्रेहाउण्ड बस स्टेसनबाट कार्की सम्पर्क बिहिन भएका छन् । उनको यात्राको टिकट अनुसार गन्तब्य टेक्ससको हुस्टन शहर रहेको जानकारी प्राप्त भएको छ ।

तर त्यहाँ पुगे पछि मानिस बेपत्ता भएको खबर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आर्यन सम्पर्क बिहिन भएको उनका आफन्त द्वारा क्यालिफोर्नियाको सानडिएगो प्रहरीमा पहिलो सूचना दिइएको छ ।

कार्कीको बारेमा जानकारी प्राप्त भएमा उनका नजिकका दाजु बिजेन्द्र बस्नेत लाई ८१७ ९०३ ०६४१ अथवा ईनेप्लिज डटकमको ईमेल [email protected] अथवा ७०३ ८५५ २५७९ मा जानकारी गराई दिन हुन् बिनम्र अनुरोध गर्दछौ ।

भक्तपुर काडा घारी बसोबास गर्ने आर्यनका माता पिताले छोराको अवस्था पत्ता लगाईदिन अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com